झापा ट्राफिकको अर्धवार्षिक समीक्षाः दुर्घटना घट्यो, राजश्व बढ्यो

झापा ट्राफिकको अर्धवार्षिक समीक्षाः दुर्घटना घट्यो, राजश्व बढ्यो

२१ माघ, झापा । गत पुस महिनामा झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन् । झापा ट्राफिकका अनुसार एक महिनामा १० जनाले ज्यान गुमाएका हुन् ।

चालु आर्थिक वर्षको ६ महिनामा ४३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको झापा ट्राफिकको तथ्याङक छ । जसमा कार्तिक महिनामा सबैभन्दा धेरै १४ जनाले ज्यान गुमाए ।

वितेको तीन वर्षको अर्ध–वार्षिक विवरण अनुसार ०७८/७९ मा ६३ जना, ०७९/८० मा ६८ जना र चालु आवको साउन–पुससम्म ४३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको झापा ट्राफिकका प्रमुख नवराज न्यौपानेले जानकारी दिनुभयो ।
उनका अनुसार तीन वर्षको अर्ध वार्षिक विवरणलाई समिक्षा गर्दा यो आवमा ज्यान गुमाउनेको संख्या घटेको छ ।

यस्तै, सवारी दुर्घटना संख्या पनि घटेको छ । तीन वर्षीय विवरण अनुसार ०७८/७९ को ६ महिनामा ३०० , ०७९/८० मा ४०२ र ०८० को साउन–पुस मसान्तसम्म २५१ वटा सवारी दुर्घटना भएको प्रमुख न्यौपानेको भनाई छ ।

तीन वर्षको पहिलो ६ महिनाको विवरण अनुसार सवारी कारबाहीबाट राजश्व बढेर गएको छ । ०७८/७९ को ६ महिनामा १ करोड ४१ लाख २२ हजार, ०७९/८० मा १ करोड ६९ लाख ८१ हजार ५ सय र ०८० को साउन–पुस मसान्तसम्म १ करोठ ७१ लाख ९१ हजार ६ सय ४१ रुपैयाँ राजश्व संकलन भएको छ ।

झापा ट्राफिकले पहिलो ६ महिनाको विवरण अनुसार ०७८/७९ को ६ महिनामा २० हजार २ सय, ०७९/८० मा २४ हजार ५० र चालु आवको ६ महिनामा २४ हजार ९ सय ७७ वटा सवारीलाई कारबाही गरेको जनाएको छ ।

गत भदौ ६ गते झापा ट्राफिकको प्रमुखका रुपमा हाजिर भएका न्यौपानेले मातहतका सबै यूनिटको सहकार्य र समन्वयमा दुर्घटना कम गर्न सफल भएको इजलाससित बताउनुभयो । उहाँले सकेसम्म दुर्घटना नहोस् भन्ने हिसावले नै काम गरिरहेको बताउनुभयो । कतिपय दुर्घटना लापरबाही कै कारण भएको उहाँको भनाई छ । ट्राफिक नियम पालना गरेर सवारी चलाएमा दुर्घटना कम हुने न्यौपानको भनाई छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270