सन्दकपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रमको लागि सन्दर्भसामग्री निर्माण गर्दै

सन्दकपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रमको लागि सन्दर्भसामग्री निर्माण गर्दै


२० पौष, इलाम । इलामको सन्दकपुर गाउँपालिकाले स्थानीय पाठ्यक्रमको लागि सन्दर्भसामग्री निर्माण गर्दै आएको छ । गाउँपालिकाले ‘हाम्रो सन्दकपुर’ नामक स्थानीय पाठ्यक्रमको सन्दर्भ सामग्री निर्माण गर्न थालेको हो । गाउँपालिकाले चालू आर्थिक बजेटको स्वीकृत कार्यक्रम अनुरुप सन्दर्भसामग्री निर्माण गर्न लागेको हो ।

कक्षा १ देखि ८ सम्मको लागि पाठ्यक्रम निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । सन्दर्भ सामग्री निर्माणको लागि गाउँपालिकाले विषयविज्ञहरुसँग समन्वय गर्दै आएको छ ।

सन्दर्भ सामग्री निर्माण गरेसँगै गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक बनाउन थालनी गर्ने जनाएको छ । गाउँपालिकाले पर्यटन, धर्म, संस्कृती, खेलकुदलगायत विभिन्न ९ क्षेत्रलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरेको छ

प्रतिक्रिया:

सम्बन्धित खवर