समाज

करेण्ट लागेर शिवसताक्षीमा १८ महिने बालकको मृत्यु
२५ बैशाख, शिवसताक्षी। झापाको शिवसताक्षीमा करेण्ट लागेर १८ महिनाको बालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका ७ का सुनिल राजवंशीको १८ महिनाका छोराको मृत्यु भएको हो। सोमबार दिउँसो खेल्ने क्रममा चलिरहेको पानी तान्ने मोटर छुँदा करेण्ट लागेर गम्भीर घाइते भएका थिए। बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका लागि पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए। शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको उनले..

चट्याङ लागेर ६ वर्षीय बालकको मृत्य
२५ बैशाख । चट्याङ लागेर अछाममा एक बालकको मृत्यु भएको छ । रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु भएको हो । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए । यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी..

संसदमा हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बनेः केपी ओली
२४ वैशाख, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को अङ्कगणितको कारणले अहिले हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बन्न सक्ने बताएका छन् । वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै पुरानो त्यागको अवमूल्यन मात्रै होइन नभई त्यसलाई अपमान गर्ने प्रवृत्ति बढेको बताए । उनले भने– अहिले हाहाहुँहुँ गरेको भरमा जनप्रतिनिधि भइरहेका छन्, हाहाहुँहुँ भएकै भरमा मन्त्री पनि भइएकै छन्। बहुमत कसैको छैन । यसलाई मिलाऊ कि..

कृषि वस्तु आफै उत्पादन गरी नगरबासीको माग धान्ने कनकाई नगरको लक्ष्य
१७ बैशाख, झापा । झापाको कनकाई नगरपालिकाले कृषि उत्पादन, बजारीकरण र पराम्परागत कृषि वस्तुको उत्पादनलाई विशेष प्राथमिकता दिइरहेको छ । बाहिरबाट आयात हुने कृषि वस्तु आफै उत्पादन गरेर नगरबासीको माग धान्ने योजना कनकाईको छ । बाहिरबाट आयात हुने कृषि वस्तु प्रतिस्थापन गर्दै जाने र अर्गानिक उत्पादनलाई जोड दिने कनकाई नगरपालिकाको लक्ष्य रहेको कृषि शाखा प्रमुख यदु उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार ३÷४ वर्ष यता कनकाईको कृषि क्षेत्रले विषादि रहित..

५ वर्षीय छोराको हत्या आरोपमा आामा पक्राउ
१४ बैशाख । सिरहामा आफ्नै ५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आमा ३४ वर्षीय सरीताकुमारी साह पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ मा बस्ने साहले ५ वर्षीय छोरा आयुष साहको हत्या गरेर उनले सुत्ने पलंगमा लुकाएकी थिइन् । गत वैशाख ११ गते दिउँसो साढे ५ बजे स्थानीयले बालक बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए । प्रहरी..

इसाई धर्मावलम्बीहरुले बिर्तामोडमा मनाए धुमधामका साथ ‘रजत महोत्सव’
१४ बैशाख । झापाका इसाई धर्मावलम्बीहरुले मंगलबार बिर्तामोडमा रजत महोत्सव धुमधामका साथ मनाएका छन् । इसाईहरु धर्मावलम्बीहरुले आफ्नो हक, अधिकार र स्वतन्त्रताका लागि स्थापना गरिएको संस्था इसाई समाज जिल्ला समिति २५ वर्ष पुगेको अवसरमा रजत महोत्सव मनाइएको हो । बिर्तामोडस्थित सिटी सेन्ट्ररमा इसाई समाज जिल्ला कार्यसमिति झापाले विभिद कार्यक्रमहरुसहित रजत महोत्सव मनाएको हो । सो अवसरमा संस्था स्थापनाकालदेखि हालसम्मका नेतृत्वदायी भूमिकामा महत्वपूर्ण भूमिका र योगदान गर्नुहुने पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो..

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
१४ बैशाख, झापा । बिहिवार राति झापाको मेचीनगर नगरपालिका वडा नं.१२ स्थित देउनिया पुलमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका २ बस्ने ४० वर्षीय ज्ञानेन्द्रराज कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । राति ८ः३५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं. १२ देउनिया पुलस्थित लोकमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे११प १६०९ नं. को मोटरसाईकल आफै अनियन्त्रित..

भद्रपुर नगरपालिकाको पहलमा विदेशमा अलपत्र परेका सात जनाको सकुशल उद्धार
१३ बैशाख, झापा । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले भद्रपुर नगरपालिकाको पहलमा विदेशमा अलपत्र परेका सात जनाको सकुशल उद्धार गरी स्वदेश फर्काएको छ । स्वदेश फर्किएका उनीहरूलाई सामीले औषधी उपचार सहायता प्रदान गरेको हो । पहिलो घटना- वैदेशिक रोजगारीका लागि रोमानिया गएको भद्रपुर ८ स्थित फूलबारी टोल निवासी २६ वर्षीय विकाश तिम्सिना उद्धार गरिएको छ । २०८० कार्तिक ३० गते करिब राती १० बजेको समयमा विकाशलाई ६–७ जना नेपाली युवाहरूले बाटोमा..

कनकाई स्थित सुरुङ्गा पुलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु
१३ बैशाख, झापा । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गा पुलमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । बुधवार राति ८ बजेको समयमा सुरुङ्गा पुलमा बिर्तामोडबाट झिलझिलेतर्फ जादै गरेको रा १ प ६३०० नम्बरको १२५ सीसीको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक झापा बिर्तामोड नगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको हो । गम्भीर घाइते भई बीएण्डसी अस्पताल..

महोत्तरीको मठिहानीमा भीषण आगलागी
१२ वैशाख । महोत्तरीको मठिहानी नगरपालिका– ६ मा भीषण आगलागी भएको छ । मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ । त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए ।