इसाई धर्मावलम्बीहरुले बिर्तामोडमा मनाए धुमधामका साथ ‘रजत महोत्सव’

इसाई धर्मावलम्बीहरुले बिर्तामोडमा मनाए धुमधामका साथ ‘रजत महोत्सव’

१४ बैशाख । झापाका इसाई धर्मावलम्बीहरुले मंगलबार बिर्तामोडमा रजत महोत्सव धुमधामका साथ मनाएका छन् ।

इसाईहरु धर्मावलम्बीहरुले आफ्नो हक, अधिकार र स्वतन्त्रताका लागि स्थापना गरिएको संस्था इसाई समाज जिल्ला समिति २५ वर्ष पुगेको अवसरमा रजत महोत्सव मनाइएको हो ।

बिर्तामोडस्थित सिटी सेन्ट्ररमा इसाई समाज जिल्ला कार्यसमिति झापाले विभिद कार्यक्रमहरुसहित रजत महोत्सव मनाएको हो । सो अवसरमा संस्था स्थापनाकालदेखि हालसम्मका नेतृत्वदायी भूमिकामा महत्वपूर्ण भूमिका र योगदान गर्नुहुने पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो । त्यस्तैं, समारोहमा संस्थाले हालसम्म गर्आिएको गतिविधिहरुलाई समेटिएको प्रगती प्रतिवेदन र संस्थागत आर्थिक प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो ।

रजत महोत्सव समारोहमा इसाई समाज झापाका अध्यक्ष पाष्टर अमरदीप आले मगरको अध्यक्षतामा र बिर्तामोड नगरपालिकाका कार्यवहाक प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्याता थियो । कार्यक्रममा प्रमुखबत्ताका रुपमा आउनुभएका एन.सी.एस केन्द्रीय अध्यक्ष रेभ प्रकाश सुब्बाले इसाई धर्मावलम्बीहरु कर्ममा विश्वास गर्ने र बाइबल धर्म दर्शनमा जीवनयापन गर्ने बताउनुभयो ।

त्यस्तैं, सो समारोहमा कोशी प्रदेश इसाई समाजका उपाध्यक्ष पाष्टर विकास राई, नेपाल बप्तिस मण्डली परिषदका केन्द्रीय अध्यक्ष रेभ महेन्द्रजंग साम्पाङ राई, एन.सि.एफ कोशी प्रदेशका अध्यक्ष पाष्टर गंगा आले, दलित अधिकारबादी नेता दलमर्दन कामी, अन्तरधार्मिक शान्ति सञ्जाल झापाका सदस्य तथा किरात धर्मबाट प्रतिनिधि दिलिप जबेगु लगायत इसाई धर्मावलम्बीहरु र पत्रकारहरुको उपस्थिति थियो ।

कार्यक्रममा विभिन्न जाती वा समुदायको आफ्नो मौलिक पहिचानसहितको कला, संस्कृती र संस्कार झल्किने झाकी नृत्य प्रदर्शन गरिएको थियो । रजत महोत्सव समारोहको सञ्चालन पाष्टर राजु चाम्लिङले गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर