कनकाई स्थित सुरुङ्गा पुलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

कनकाई स्थित सुरुङ्गा पुलमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

१३ बैशाख, झापा । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गा पुलमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

बुधवार राति ८ बजेको समयमा सुरुङ्गा पुलमा बिर्तामोडबाट झिलझिलेतर्फ जादै गरेको रा १ प ६३०० नम्बरको १२५ सीसीको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक झापा बिर्तामोड नगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय तेजमणि खरेलको मृत्यु भएको हो ।

गम्भीर घाइते भई बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल ल्याई डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । मृतकको लास सोहि अस्पतालमा रहेको छ । सोही मोटरसाइकलको पछाडि सवार मेचीनगर नगरपालिका वडा नम्बर १० बस्ने २९ वर्षीय प्रसन्न दनुवार गंभीर घाइते भएका छन् । अनुहारमा चोट लागेका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

ठक्कर दिने सवारीसाधनका सम्बन्धमा बुझ्ने कार्य भइरहेको र मोटरसाइकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर