मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१४ बैशाख, झापा । बिहिवार राति झापाको मेचीनगर नगरपालिका वडा नं.१२ स्थित देउनिया पुलमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका २ बस्ने ४० वर्षीय ज्ञानेन्द्रराज कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

राति ८ः३५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं. १२ देउनिया पुलस्थित लोकमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे११प १६०९ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक कार्कीको मृत्यु भएको हो ।

गम्भीर घाईते भई कार्कीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटोमा नै मृत्यु भएको हो । हिजै मेचीनगरमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा पाँचजना घाइते भएका छन् ।

केही दिनदेखि झापामा सवारी दुर्घटना बढेको छ । बुधवार मात्र झापामा सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270