समाज

झापामा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ
९ जेठ, झापा । झापामा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मेचीनगरबाट तीन जना र कचनकवलबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर–६ पुरानो मेची पुल हुँदै भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका मोरङ उर्लाबारी नगरपालिका–५ का २६ वर्षीय समीर मगर र उर्लाबारी–२ का २७ वर्षीय सुजन कार्कीलाई ब्राउन सुगरसहित मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय..

विवाह र ग्रिनकार्डको प्रलोभन देखाएर युवती बेच्ने महिला पक्राउ
८ जेठ । विवाहको बहाना बनाएर चीन पुर्याइ मानव बेचविखन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले मानव बेचविखनमा संलग्न नुवकोटको किस्पाङ गाउँपालिका–१ घर भएकी ४३ वर्षीया मनमाया घलेलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई चिनीयाँ नागरिकसँग विवाह गरेमा पाँच वर्षपछि ग्रीनकार्ड बनाउन मिल्छ भनी प्रलोभनमा पारेर बेचेको खुल्न आएको..

बिर्तामोडमा सडेको अवस्थामा पुरुषको शव फेला
६ जेठ । झापाको बिर्तामोडमा सडेगलेको अवस्थामा एकजना पुरुषको शव भेटिएको छ । बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको उत्तर हिरो मोटरसाइकल सोरुमको पूर्वपट्टि झाडीमा सडेगलेकोको अवस्थामा शव भेटिएको हो । आज बिहान अन्दाजी ११ बजे प्रहरीले शवबारे जानकारी पाएपछि घटनास्थल पुगेको थियो । शव सडेगलेकोले पहिचान भइनसकेको तथा घटनाबारे थप अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ ।

श्रमदानमा जुट्दै माङसेबुङबासी
६ जेठ । इलामको माङसेबुङ गाउँपालिकाबासी श्रमदानमा जुट्न थालेका छन् । ‘हप्ताको ६ दिन आफ्नो लागि, बाँकी एक दिन समाजको लागि’ भन्ने मूल नाराका साथ स्वतन्त्र सचेत नागरिक समूह माङसेबुङको अगुवाईमा श्रमदानमा जुट्न थालेका हुन् । समूहले सुरूवात गरेको श्रमदान अभियानमा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङसहित विभिन्न वडाबाट सहभागिता सुरु भएको छ । समूहले शनिबार दमक-चिसोपानी सडक (फाल्गुनन्द मार्ग) अन्तरगत माङसेबुङ गाउँपालिका-२ र ३ को सीमानामा पर्ने भोटेडाडाँ हुँदै..

बिरिङ र निन्दा नदीमा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
६ जेठ, झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले बताउनुभयो । यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो । नदी जोखिम न्यूनीकरण आयोजनामार्फत पूर्व–पश्चिम राजमार्गमा पर्ने नदीका पुलमाथि बाढी मापन उपकरण..

तलव नपाएपछि गिरीबन्धुका चिया मजदुर सडकमा
६ जेठ, झापा । गत फागुन महिनादेखि तलव नपाएपछि गिरीबन्धुका चिया मजदुर आन्दोलनमा उत्रिएका छन् । शनिवार र्यालीसहित तलव भुक्तानीको माग गर्दै पहिलो चरणको आन्दोलन सुरु गरेका हुन् । मजदुर क्वाटरबाट सुरु भएको र्याली बिर्तामोड बसपार्क प्रवेश गर्ने ठाउँमा कोणसभा गरिएको थियो । श्रमिकको पारिश्रमिक भुक्तानी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, हदबन्दी छुटको जग्गा फिर्ता गर्नुपर्ने लगायतका माग गर्दै र्याली सम्पन्न गरिएको थियो । नेपाल कृषि तथा बगान..

मोरङमा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु
६ जेठ । मोरङको विराटनगर महानगरपालिका–१८ स्थितमा पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँका १४ वर्षीय राज शर्मा छन् । शनिबार दिउँसो पानी जमेको खाडलमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ललितपुर आगलागीमा परी एकै परिवारका ४ जनाको मृत्यु
६ जेठ । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएकाले मृतकको संख्या ४ पुगेको हो । मोबिल भण्डार गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका सदस्यहरु घाइते भएका थिए । शनिबार सञ्जयको समेत मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए । सञ्जय ग्वार्काेस्थित किस्ट अस्पतालको भेन्टिलेटरमा थिए..

वडा नं. ११ ले जित्यो शिवसताक्षी मेयर कप फुटबलको उपाधि
६ जेठ, शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी वडा नं. ११ ले जितेको छ । वडा नं. ८ लाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै वडा नं. ११ ले उपाधि जितेको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । उपाधि हात पारेसँगै वडा नं. ११ ले नगद ७० हजार सहित ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ..

विराटनगर भित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला
५ जेठ । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् । विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको देखाइएको छ । तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले क्षयरोगको अवस्था विश्वमै भयावह बन्दै गएको बताउनुभयो । उहाँले नेपालमा हरेक दिन ४४ जनाको क्षयरोगकै कारण मृत्यु हुने गरेको दाबी गर्नुभयो..