संसदमा हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बनेः केपी ओली

संसदमा हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बनेः केपी ओली

२४ वैशाख, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को अङ्कगणितको कारणले अहिले हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बन्न सक्ने बताएका छन् ।

वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै पुरानो त्यागको अवमूल्यन मात्रै होइन नभई त्यसलाई अपमान गर्ने प्रवृत्ति बढेको बताए ।

उनले भने– अहिले हाहाहुँहुँ गरेको भरमा जनप्रतिनिधि भइरहेका छन्, हाहाहुँहुँ भएकै भरमा मन्त्री पनि भइएकै छन्। बहुमत कसैको छैन । यसलाई मिलाऊ कि त्यसलाई मिलाऊ भन्दा को मन्त्री पर्छ पर्दैन भन्ने बेला छ । अहिले एउटा प्रवृत्ति छ, पुरानो त्यागको अवमूल्यन मात्रै होइन त्यसलाई अपमान गर्ने, त्याग र बलिदानको अपमान गर्न खोज्ने, योगदानलाई नकार्न खोज्ने प्रवृत्ति देखिएको छ । आन्दोलन र देशमा विभिन्न प्रवृत्ति पैदा भइरहन्छन्, समय समयमा ।

हावाहुरी र असन्तुष्टिले ल्याउने प्रवृत्तिहरू यस्ताबाट प्रभावित नभई आफ्नो गन्तव्यतर्फ एमाले अघि बढेको जिकिर गरे ।

प्रतिक्रिया:

सम्बन्धित खवर