चट्याङ लागेर ६ वर्षीय बालकको मृत्य

चट्याङ लागेर ६ वर्षीय बालकको मृत्य

२५ बैशाख । चट्याङ लागेर अछाममा एक बालकको मृत्यु भएको छ ।

रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु भएको हो । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए ।

यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन भने घर पूर्ण रूपमा नष्ट भएको छ ।

सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर