विवाह र ग्रिनकार्डको प्रलोभन देखाएर युवती बेच्ने महिला पक्राउ

विवाह र ग्रिनकार्डको प्रलोभन देखाएर युवती बेच्ने महिला पक्राउ

८ जेठ । विवाहको बहाना बनाएर चीन पुर्याइ मानव बेचविखन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले मानव बेचविखनमा संलग्न नुवकोटको किस्पाङ गाउँपालिका–१ घर भएकी ४३ वर्षीया मनमाया घलेलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई चिनीयाँ नागरिकसँग विवाह गरेमा पाँच वर्षपछि ग्रीनकार्ड बनाउन मिल्छ भनी प्रलोभनमा पारेर बेचेको खुल्न आएको जानकारी दिए ।

विवाह गरी चीनमा पुर्याएपश्चात यौन शोषण गरी विभिन्न व्यक्तिसँग जवरजस्ती वेश्यावृत्तिमा लगाएको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । पक्राउ परेकी महिलाले पाँच लाख लिएर बेचविखन गरेको खुल्न आएको सूचना अधिकारी मिश्रले जानकारी दिए ।

काठमाडौँको ठमेलबाट पक्राउ परेकी घलेलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर