बिर्तामोडमा सडेको अवस्थामा पुरुषको शव फेला

बिर्तामोडमा सडेको अवस्थामा पुरुषको शव फेला

६ जेठ । झापाको बिर्तामोडमा सडेगलेको अवस्थामा एकजना पुरुषको शव भेटिएको छ ।

बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको उत्तर हिरो मोटरसाइकल सोरुमको पूर्वपट्टि झाडीमा सडेगलेकोको अवस्थामा शव भेटिएको हो ।

आज बिहान अन्दाजी ११ बजे प्रहरीले शवबारे जानकारी पाएपछि घटनास्थल पुगेको थियो ।

शव सडेगलेकोले पहिचान भइनसकेको तथा घटनाबारे थप अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर