वडा नं. ११ ले जित्यो शिवसताक्षी मेयर कप फुटबलको उपाधि

वडा नं. ११ ले जित्यो शिवसताक्षी मेयर कप फुटबलको उपाधि

६ जेठ, शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी वडा नं. ११ ले जितेको छ । वडा नं. ८ लाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै वडा नं. ११ ले उपाधि जितेको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो ।

उपाधि हात पारेसँगै वडा नं. ११ ले नगद ७० हजार सहित ट्रफी, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता वडा नं ८ ले ४० हजार नगद सहित ट्रफी मेडल, प्रमाण पत्र प्राप्त गरेको छ ।

खेलको म्यान अफ दी म्याच वडा नं. ११ का कुमार श्रेष्ठ घोषित भएका छन । त्यस्तै उत्कृष्ट गोल किपर वडा नं. ८ का विशाल घतानी, उत्कृष्ट डिफेन्डर वडा नं. ८ का दावा तामाङ्ग, उत्कृष्ट मिडफिल्डर वडा नं. ११ का निकेश श्रेष्ठ, उत्कृष्ट फरवार्ड वडा नं. ११ का आकाश पौडेल, सर्वाेत्कृष्ट खेलाडी वडा नं. ८ का विशाल थिङ घोषित भएका छन् ।

हाइस्कोरर वडा नं. ११ का आकाश पौडेल र निकेश श्रेष्ठ घोषित भए।

प्रतिक्रिया:

सम्बन्धित खवर