६५ जना यात्रुसहित त्रिशुलीमा बेपत्ता बसको खोजी गर्न गोताखोरसहित ५५ जना परिचालन

२८ असार, काठमाण्डौँ । पहिरोमा परी त्रिशुली नदीमा खसेका दुईवटा बसको खोजी कार्य सुरु भएको छ । बसमा सवार ६५ जना यात्रु समेत वेपत्ता रहेका छन् । प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन । बीरगन्जबाट आएको गाडीमा..

नारायणगढ–मुग्लिन सडकबाट त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी कार्य सुरु

२८ असार, काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी सुरु भएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको टोलीले उद्धार कार्य सुरु गरेको हो । दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको छ । आज बिहान वीरगञ्जबाट..

इलाममा पुनः पशु सेवा प्रदान गर्ने कार्यालय स्थापना

२७ असार, इलाम । इलाम जिल्लाबाट हटाइएको पशु सेवा प्रदान गर्ने कार्यालय पुनः स्थापना गरिएको छ । पशु सेवा कार्यालय हटाएर कोशी प्रदेश सरकारले इलाम र झापा हेर्ने गरि भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र झापामा स्थापना गरिएको थियो । इलाममा विज्ञ केन्द्रको सम्पर्क कार्यालय मात्रै राखिएकोमा अहिले कोशी प्रदेश सरकारले पुनः स्थापना गरेको हो । साउन १ गतेबाट पुर्ण रुपमा संचालनमा आउने भेटेरिनरि अस्पताल तथा पशु विज्ञ केन्द्र प्रदेश..

संसदमा मतदानलगत्तै ओलीलाई प्रधानमन्त्री बनाउन दुई तिहाइ सांसदको लिखित समर्थन तयार

२७ असार, काठमाण्डौँ । सत्ता साझेदारी गर्न लागेका संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले शुक्रवारै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष समावेदन दिने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने निश्चित रहेकाले संसदको प्रक्रिया सकिए लगत्तै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई दुई तिहाइ भन्दा बढी सांसदहरूको समर्थन रहेको जानकारी राष्ट्रपतिलाई गराउने तयारी छ । नयाँ सरकार गठनको प्रक्रियालाई जटिल बनाउन प्रधानमन्त्रीले विश्वासको..

प्रतिबन्धित लागूऔषधसहित दमकमबाट एक दम्पत्ती पक्राउ

२७ असार, झापा । प्रतिबन्धित लागूऔषधसहित झापाको दमकमबाट गएराति एक दम्पत्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नम्बर १ फाल्गुनन्द चौकमा डेरा गरी बस्ने इलाम, महमाई नगरपालिका वडा नम्बर १ बस्ने २५ वर्षीय सन्तोषकुमार एक्तेन लिम्बूसहित उनका श्रीमती २४ बर्षिया सुनिता राईलाई ४ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागूऔषध लुकाई छिपाई बिक्री बितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी..

सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा

२७ असार, इलाम । इलामको सन्दकपुर गाउँपालिकामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०।०८१ को संघीय सरकारबाट हस्तान्तरण भएको सशर्त तर्फको स्वीकृत कृषि तथा पशुपन्छी बजारीकरणको लागि कृषि एम्बुलेन्स कार्यक्रम मार्फत कृषि एम्बुलेन्स संचालनको लागि प्रस्ताव माग गरेको थियो । सोहि माग अनुसार माईपोखरी कृषि सहकारी संस्था सन्दकपुर ३ ले कृषि एम्बुलेन्स संचालनको जिम्मा पाएको छ । कृषि उपज सामग्री ग्रामीण क्षेत्रबाट बजारसम्म पुर्याउनका लागि सहयोग पुगोस्..

रबिले पार्टीलाई क्लब जस्तो गरि चलाएः मुकुल ढकाल

२६ असार, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन् । आज बुधबार पत्रकार सम्मेलन गर्दै डा.ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताएका हुन् । आफुले पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफुले जनतासँग कुरा गरेको बताउदै ढकालले पार्टीलाई क्लबको जस्तो गरि चलाएको आरोप लगाएका छन् । उनले पार्टीलाई रवि लामिछानेको क्लबको रुपमा..

झापामा डेंगु रोगको सङ्क्रमण बढ्दो

२६ असार, झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको जनाएको छ । दैनिक पानी परिरहेकाले डेंगुको सङ्क्रमण निरन्तर बढिरहेको छ । ईडीसीडीको तथ्यांक अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको छ । मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजनन्का लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण बढ्ने आँकलन गरेको छ..

इलाम दरबारमा सामुदायिक पुस्तकालयको उदघाटन

२६ असार, इलाम । इलाम दरबारमा गजराजसिंह थापा सामुदायिक पुस्तकालयको उदघाटन भएको छ । हाल अरनिको संग्राहलय रहेको इलाममा राणाहरुले निर्माण गरेको इलाम दरबारबाट लामो सयम सम्म प्रशासनिक कार्यहरु संचालन भएको थियो । अहिले यसै दरबारमा इलाम नगर साहित्य, कला, संस्कृति प्रतिष्ठानले संग्राहलय सहित पठन संस्कृतिको विकास गर्न सामुदायिक पुस्तकालयको स्थापना गरेको प्रतिष्ठानका अध्यक्ष प्रकाश थामसुहाङले जानकारी दिए । पुस्तकालयको उदघाटन इलाम नगरका प्रमुख केदार थापाले गरेका थिए ।  ..

नाउपाले फिर्ता लियो प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन

२६ असार, काठमाण्डौँ । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै विश्वासको मत पनि नदिने निर्णय गरेको छ । नाउपाले हालै संसदीय दलको नेता फेरेको थियो । रञ्जीता श्रेष्ठलाई दलको नेताबाट हटाएर अरुण चौधरीलाई संसदीय दलको नेता बनाएपछि पहिलो पटक बसेको बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले पर्सी संसदबाट विश्वासको मत लिँदैछन् । यस..