समाज

आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट ३ अर्ब २१ करोड राजस्व सङ्कल
२ साउन, झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०–८१ मा रु तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र रु ३० करोड ७१ लाख नौ हजार राजस्व सङ्कलन गरेको हो । कार्यालयले आव २०७९।८० को तुलनामा रु १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा रु तीन अर्ब एक करोड ५९ लाख ७६..

प्राकृतिक विपदका कारण कोशीमा ७७ जनाको मृत्यु
२ साउन, इलाम । प्राकृतिक विपदका कारण कोशी प्रदेशमा ७७ जनाको मृत्यु भएको छ । पछिल्लो एक वर्ष (आर्थिक वर्ष २०८०–८१)मा प्रदेशका १४ जिल्लामा भएका दुई हजार ८६८ विपद्का घटनामा परी ७७ जनाको मृत्यु भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, हावाहुरी र जंगली जनावरको आक्रमणमा परेर ७७ जनाको मृत्यु हुँदा २७७ जना घाइते भएका छन् । प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार..

झापा जिल्ला अदालतले गर्यो ३ हजार ६ सय ३६ मुद्दा फछ्यौट
१ साउन, झापा । झापा जिल्ला अदालतले चालु आर्थिक वर्ष २०८०।०८१ मा तीन हजार छ सय ३६ मुद्दा फछ्यौट गरेको छ । चालु आर्थिक वर्षका लागि राखेको वार्षिक लक्ष्यको ८४.५९ प्रतिशत मुद्दा फछ्र्याैट गरेको हो । झापा जिल्ला अदालत झापाका प्रमुख न्यायाधीश असोक कुमार बस्नेतका अनुसार अदालतमा दुई वर्ष नाघेका एक सय ९३, एक वर्ष ६ महिना देखि दुई वर्ष भित्रका दुई सय ८१ र एक वर्ष ६ महिना भित्रका..

झापामा दुई वर्षदेखि हात्तीमैत्री सामुदायिक होमस्टे सञ्चालनमा
१ साउन, झापा । जंगली हात्ती आउनासाथ पुल्ठो बालेर खेदाउने बाहुनडाँगीबासी यतिबेला हात्तीमैत्री अभियान सञ्चालन गर्दै आयआर्जनमा जोडिएका छन् । सबैजसो क्षेत्रलाई हात्तीमैत्री बनाउदै आएका बाहुन्डाँगीबासी दुई वर्षदेखि हात्तीमैत्री सामुदायिक होमस्टे सञ्चालन गर्दै आएका छन् । मेचीनगर वडा नं. ४ का अध्यक्ष अर्जुन कार्कीको परिकल्पनामा हात्तीमैत्री होमस्टे सुरु गरिएको थियो । सो वडामा अहिले १२ वटा हात्तीमैत्री सामुदायिक होमस्टे सञ्चालनमा रहेको वडा सदस्य पवन बराइलीले जानकारी दिनुभयो । उहाँका अनुसार..

माईखोला–राजदुवाली खण्डमा सडक भास्सिने क्रम रोकिएन, रुट नै परिवर्तन गर्नुपर्ने माग
१ साउन, इलाम । इलाम नगरपालिकामा पर्ने साबिक मेची अञ्चलका चार जिल्ला जोड्ने मेची लोकमार्गस्थित माईखोला–राजदुवाली खण्डको सडक भास्सिने क्रम अझैँ रोकिएको छैन । डिभिजन सडक कार्यालय इलामले करोडौ रूपैयाँ खर्चिएर नयाँ प्रविधिमा आधारित एङ्करिङ विधिबाट सडक मर्मतको काम गरेपनी बालुवामा पानी सरह देखिएको छ । बारम्बार सडक भास्सिएपछि राजदुवालीेमा एङ्करिङ प्रबिधिबाट काम गरिएको थियो । पूर्वी नेपालमा परीक्षणको रूपमा पहिलोपटक मेची लोकमार्गको राजदुवाली खण्डमा एङ्करिङ गरिएको हो । यसले..

आज साउने सङ्क्रान्ति
१ साउन, काठमाण्डौँ । आज साउन महिनाको पहिलो दिन, विभिन्न कार्यक्रमका साथ साउने सङ्क्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलो मैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्दछन् । हिलो माटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि..

एक महिना भित्र फरक काम गरेर देखाउन मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन
१ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई एक महिना भित्र केही न केही फरक देखाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन् । ओलीले दिएको निर्देशनबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘यो मन्त्रिपरिषद्को विभिन्न मन्त्रालयको जिम्मेवारी लिनुभएको..

चितवन जिल्ला प्रशासनले सार्वजनिक गर्यो त्रिशूलीमा हराइरहेका यात्रुको नाम
३१ असार, काठमाण्डौँ । गत शुक्रबार सिमलतालबाट लेदोसहितको पहिरोले बगाइ त्रिशूलीमा हराइरहेका ६५ जना यात्रुको नाम जिल्ला प्रशासन कार्यालय चितवनले सर्वाजनिक गरेको छ । सार्वजनिक गरिएको संख्याका आधारमा हेर्दा काठमाडौँबाट गौर जान आएको एञ्जल यातायातको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा ४ जना महिला र २३ जना पुरुष रहेका थिए । वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको गणपति डिलक्स बसमा ५ महिलासहित ३८ जना सवार रहेको नाम सार्वजनिक भएको छ..

ओली प्रधानमन्त्री बनेकै दिन बढ्यो पेट्रोलको मुल्य
३१ असार, काठमाण्डौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पाेरेशनबाट बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँका दरले भाउ बढाएको हो । यससँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यसैगरी, डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा..

ओली नेतृत्वको मन्त्रिपरिषद् पहिलो निर्णयः बाढी पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई तुरुन्त राहत दिने
३१ असार, काठमाण्डौँ । केपी ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न १० वटा निर्णय गरेको सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनको अनुसार बैठकले लोकतन्त्र स्थापना गर्न योगदान ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ । यस्तै बैठकले हालैको दिनमा परेको अविरल वर्षापछि..