२७ असार, इलाम । इलाम जिल्लाबाट हटाइएको पशु सेवा प्रदान गर्ने कार्यालय पुनः स्थापना गरिएको छ । पशु सेवा कार्यालय हटाएर कोशी प्रदेश सरकारले इलाम र झापा हेर्ने गरि भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र झापामा स्थापना गरिएको थियो ।
इलाममा विज्ञ केन्द्रको सम्पर्क कार्यालय मात्रै राखिएकोमा अहिले कोशी प्रदेश सरकारले पुनः स्थापना गरेको हो । साउन १ गतेबाट पुर्ण रुपमा संचालनमा आउने भेटेरिनरि अस्पताल तथा पशु विज्ञ केन्द्र प्रदेश सरकारका अर्थमन्त्री राम बहादूर राना मगरले उद्घाटन गरेका हुन् ।
पशुपक्षि तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा.पशुपति ढुङ्गानाको अध्यक्षतामा भएको भेटेरिनरि अस्पताल तथा पशु विज्ञ केन्द्र उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य समसेर राई, गोविन्द गिरि, जिल्ला समन्वय प्रमुख जयप्रकाश राई, इलाम नगरपालिका उप प्रमुख बिष्णु दाहाल, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ नेकपा एमालेका अध्यक्ष गणेश बराल, नेपाली काग्र्र्रेसका सचिव निरोज खड्गी, एकिकृत समाजवादीका नेता डेकेन्द्र दाहाल लगायत किसान, वुद्धिजिवि, पशु स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।