इलाम दरबारमा सामुदायिक पुस्तकालयको उदघाटन

इलाम दरबारमा सामुदायिक पुस्तकालयको उदघाटन


२६ असार, इलाम । इलाम दरबारमा गजराजसिंह थापा सामुदायिक पुस्तकालयको उदघाटन भएको छ । हाल अरनिको संग्राहलय रहेको इलाममा राणाहरुले निर्माण गरेको इलाम दरबारबाट लामो सयम सम्म प्रशासनिक कार्यहरु संचालन भएको थियो ।

अहिले यसै दरबारमा इलाम नगर साहित्य, कला, संस्कृति प्रतिष्ठानले संग्राहलय सहित पठन संस्कृतिको विकास गर्न सामुदायिक पुस्तकालयको स्थापना गरेको प्रतिष्ठानका अध्यक्ष प्रकाश थामसुहाङले जानकारी दिए ।

पुस्तकालयको उदघाटन इलाम नगरका प्रमुख केदार थापाले गरेका थिए ।

 

 

प्रतिक्रिया:

सम्बन्धित खवर