समाज

दमकका मृगौला पीडित बुढाथोकिलाई सहपाठीहरुको आर्थिक सहयोग
४ चैत्र, झापा । झापाको दमक नगरपालिका वडा न. ५ का मृगौला पीडित भेषराज बुढाथोकिलाई आज आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । शिवशक्षी नगरपालिका २ स्थित मोती माद्यामिक विद्यालय धरमपुरमा २०५५ सालमा एस.एल.सि. दिने विद्यार्थीहरुले मृगौला पीडित बुढाथोकीलाइ सो आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन । बुढाथोकीले २०५५ मा धरमपुर स्थित मोती मा.वि. बाट एस.एल.सि. दिएका थिए । उनी सङ्गै पढ्ने सहपाठीहरुले उनलाइ ब्यक्तिगत तर्फबाट रु ७५ हजार ४..

झापाको दमकमा पनि मास्क उत्पादन सुरु
१ चैत्र, झापा । नेपालको छिमेकी मुलुक चिनबाट विश्वब्यापि रुपमा फैलिरहेको कोरोना भारस नियन्त्रण लक्षित गरेर झापाको दमकका मास्क उत्पादन सुरु भएको छ । नेपालको बजारहरुमा मास्कको अभाव भईरहदा दमकका महिलाहरुको सामाजिक संस्था सुन्दर समाज नेपालले यसको उत्पादन शुरु गरेको हो । समाजकी उपाध्यक्ष लक्की सिटौलालेका अनुसार दमक उद्योग वाणिज्य संघ दमकसँगको समन्वयमा दैनिक रुपमा ६ जना महिलाहरुले मास्क उत्पादन गरिरहेकका छन् दैनिक ५ सय बढी मास्क उत्पादन गरिरहे पनि..

जिस्केर टेम्पो चलाउँदा झापामा एक जनाको मृत्यु
२९ फाल्गुन, झापा । मादक पदार्थ सेवन गरी जिस्केर टेम्पो चलाउदा टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा झापाको दमकमा एक जनाको ज्यान भएको छ । टेम्पोमा चढेर टेम्पो चालकलाइ काँउकुती लगाउदा टेम्पो अनियन्त्रि भई पल्टेपछि टेम्पोमा सवार यात्रुको मृत्यु भएको बताईएको छ । गत मंगलवार बेलुका दमक ५ स्थित हरिओम कोलेनीमा टेम्पो दूर्घटना भएको हो । दुर्घटनामा परेर यात्रु ६१ बर्षिय उमबहादुर मगरको मृत्यु भएको जनाईएको छ । इलाका ट्राफिक प्रहरी..

आगलागी पीडितलाई स्थानिय सरकारको राहत सामाग्री
२९ फाल्गुन । झापाको कमल गाउँपालिकाले मंलबारे बजारका अग्निपीडितलाई राहात सामाग्री वितरण गरेको छ । गत फाल्गुन २१ गतेका दिन कमल गाउँपालिका वडा नम्बर ५ मंगलवारे बजारमा भएको आगलागी पीडित ४ परिवारलाई नगद र जस्तापाता हस्तान्तरण गरिएको बताईएको छ । आगलागीका कारण दुःखमा परेका परिवारलाई गाउँपालिकाले नियम अनुसार हिजो राहात उपलब्ध गराएको छ । राहलले पीडित परिवारको क्षतीलाई परिपूर्ति गर्न नसकेपनि केही हदसम्म मलम पट्टी लगाउन सहयोग पुग्ने कमल गाउँपालिकाका..

होलीमा उच्छृङ्ल गतिविधि गर्ने ६ जना झापाबाट पक्राउ
२८ फाल्गुन, झापा जिल्लामा होलीमा उच्छृङ्ल गतिविधि गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यलय झापाले नियन्त्रणमा लिएको छ । त्यसैगरी प्रहरीले झापाबाट २ सय ७४ वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा उच्छृङ्खल गतिविधि गर्ने सहित २७४ वटा सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उच्छृङ्खल गतिविधि गर्ने ६ जनालाई हिजो साँझ चेतावनी दिएर छाडिदिएको उहाँले बताउनुभयो । जिल्लाका मुख्य..

चितुवाको आक्रमणका कारण एक वालिकाको मृत्यु
२८ फाल्गुन, काठमाण्डौँ । चितुवको आक्रमणबाट बैतडी जिल्लाको मेलौली नगरपालिका वडा नं. ९ की नौ वर्षीय बालिका सीता लुहारको मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलयका बैतडीले जनाएको छ । वालिका लुहारको शव ५०० मिटर टाढा फेला परेको जनाईएको छ । जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले अनुसार गत फाल्गुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय..

झापाको अर्जुनधाराबाट लागुऔषध सहित ६ जना पक्राउ
२१ फाल्गुन । झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बसपार्कको एक होटलबाट लागुऔषध सहित ६ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय अनारमनीबाट विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले बसपार्क छेउमा रहेको माउन्ट मेची होटलको एक कोठाबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द ३ का २५ बर्षीय बिबेक तामाङ, २१ बर्षीय समिर लिम्बु, २४ बर्षीय सन्जु चेम्जुङ, १८ बर्षीय दिपेन नेम्वाङ, अर्जुनधारा ६ का १८ बर्षीय रोशन..

फोहोर ब्यवस्थापन सम्वन्धी दमकको प्रतिवद्धता–पत्र, फोहार गर्नेलाई पाँच सय देखी पन्ध्र हजार सम्म जरिवाना
२० फाल्गुन । झापाको दमक नगरपालिकाले नगरको वातावरणलाई सुन्दर र स्वच्छ बनाउन प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । नगरपालिकाले अगाडी सारेको शहरी सौन्दर्य हरियाली प्रवद्र्धनका लागि भन्दै फोहोरमैला ब्यवस्थापनका लागी प्रतिबद्धता पत्र २०७६ सोमवार पत्रकार सम्मेल्न गरी सार्वजनिक गरेको हो । यस अघि नगरपालिकाबाट नगरमा फोहोर ब्यवस्थापन सम्बन्धी विभिन्न योजना तथा कार्यक्रम सञ्चालन भए पनि त्यो प्रभावकारी नभएको ठहर गदै अब नयाँ योजनाका साथ अगाडी बढ्ने योजना रहेको दमक नगरपालिका वातावरण..

दमकको गियर बढाउन जनप्रतिनिधी र कर्मचारी इलामको अन्तुमा
१८ फाल्गुन, झापा । नरगरपालिकाको सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्दै झापाको दमक नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीको टोली इलामको श्रीअन्तु पुगेर फर्किएका छन् । नगर प्रमुख रोमनाथ ओली सहितको करिव ६० जनाको टोली गत शुत्रबार श्रीअन्तु पुगेर मानव शंसाधन क्षमता विकाश सम्वन्धी तालिम सकेर शनिवार पुनः नगर फर्किएका हुन् । दमक नगरपालिकाले आयोजना गरेको तालिममा सहभागिलाई प्रेरकवक्ता (मोटीभेश्नल स्पिकर) विपि रेग्मिले प्रशिक्षण दिनुभएको थियो । नगरको कार्यलाई कसरी सहज,..

आदिवासी रंगशालालाई अन्तराष्ट्रिय रंगशाला भनिएको भन्दै प्रतिष्ठानको विरोध
१५ फाल्गुन । आदिवासी रंगशाला तथा स्मृती प्रतिष्ठानले आज एक विज्ञप्ती जारी गर्दे कमल गाउँपालिकालाई गाउँवासीको भावना विपरीत कार्य नगर्न आग्रह गरेको छ । झापाको कमल गाउँपालिका वडा न. ५ मा रहेको आदिवासी रंगशाला तथा स्मृती प्रतिष्ठानले आज एक विज्ञप्ती जारी गर्दे रंगशाला नामाकरणको विषयमा गाउँपालिकाले स्थानियको भावना विपरीत गएर सुचना जारी गरेको भन्दै त्यसलाई यथाशिघ्र सच्याउन र त्यस्तो कुचेष्टा नगर्न आग्रह गरेको हो । प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राई र..