दमकको गियर बढाउन जनप्रतिनिधी र कर्मचारी इलामको अन्तुमा

दमकको गियर बढाउन जनप्रतिनिधी र कर्मचारी इलामको अन्तुमा

१८ फाल्गुन, झापा । नरगरपालिकाको सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्दै झापाको दमक नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीको टोली इलामको श्रीअन्तु पुगेर फर्किएका छन् । नगर प्रमुख रोमनाथ ओली सहितको करिव ६० जनाको टोली गत शुत्रबार श्रीअन्तु पुगेर मानव शंसाधन क्षमता विकाश सम्वन्धी तालिम सकेर शनिवार पुनः नगर फर्किएका हुन् ।

दमक नगरपालिकाले आयोजना गरेको तालिममा सहभागिलाई प्रेरकवक्ता (मोटीभेश्नल स्पिकर) विपि रेग्मिले प्रशिक्षण दिनुभएको थियो । नगरको कार्यलाई कसरी सहज, सरल र रचनात्मक बनाउन सकिन्छ भन्ने मुख्य बिषयमा वक्ता रेग्मिले प्रशिक्षण प्रदान गर्नुभएको थियो । साथै उहाँले सफल नेतृत्व र सफल कर्मचारी बन्ने विषयमा पनि सहभागिलाई पृष्ठपोषण गर्नुभएको थियो । सफल नेतृत्व र सफल कर्मचारी बन्न सवैभन्दा पहिला स्मार्ट वर्किङ, सकारात्मक भावना, काम प्रति लगाव अति नै आवश्यक पर्ने हुनाले त्यसका लागि पहिला स्वस्थ्य व्यक्ति हुनुपर्ने भन्दै उहाँले प्राकृतिक रुपमा स्वस्थ्य रहने तरिका पनि सिकाउनुभएको थियो ।

गत २०७३ साल देखी देशमा पहिलो पटक संघियता कार्यन्वयन संगै प्रत्येक गाउँमा, नगरमा स्थानिय सरकार बनेका छन् । तर जनताले चाहे अनुसार अथवा जनाताको अपेक्षा अनुसार काम नभएको भन्दै स्थानिय सरकारको आलोचना हुने गरेको छ । स्थानियतहमा काम हँुदै नभएको भने होईन तर कतिले स्थानिय सरकारको कामको प्रशंसा गरे पनि कतिपयले प्रतिपक्षीको भुमिका निर्वाह गर्न स्थानिय सरकारको आलोचना गर्छन् त कतिले काम नै देख्दैन् । भएका काम पनि गुणस्तरहिन, मापदण्ड नपुगेका भन्छन् ।

आफ्नो नगरमा पनि आईरहने यस्ता समस्याहरुलाई सिंगो टिम मिलेर कसरी सामधान गर्न सकिन्छ भनेर प्रमुख ओलीले आफ्नै योजनामा श्रीअन्तुमा मानव शंसाधन क्षमता विकाश सम्वन्धी तालिमको आयोजना गर्नुभएको हो । नगरपालिकामा कामको चाप अलिक कम हुने दिन शुक्रवारको मैका पारेर शनिवार सम्म जनप्रतिनिधी र कर्मचारीलाई अन्तुमा दुई दिने तालिम दिईयो । तालिमको मुख्य विशेषता भनेको झापाको कोलाहलमय वातावरण भन्दा फरक अनि नौलो वातावरणमा तालिम केन्द्र तोकिएको थियो । सहभागि सवैले नौलो ठाउँमा तालिम लिए । उनिहरुले नयाँ ठाउँ हेर्ने मैका पाए, नयाँ स्वाद लिने मैका पनि पाए साथै उनिहरुले दास्रो दिनको विहान झुल्के घामको दृष्य अवलोकन गर्न समेत पाए । त्यसमा तालिम लिने सवैलाई कतिवेला कार्यक्रम सकिन्छ र घर जाउँ ! आफ्नो व्यवसाय सम्हालउ कुनै हतारो थिएन । सिकाएका सवै कुरा सवैले आनन्दले सुने । तालिममा मुख्यत जननिर्वाचित प्रतिनिधीहरुलाई आम मतदाताप्रति कसरी उत्तरदायी हुने ? कसरी सफल नेतृत्व हुने ? विकाशे कार्यलाई कसरी प्रभावकारी रुपमा गति दिने ? यिनै यिनै विषयमा सुझाईयो । कर्मचारीलाई पनि सेवाग्राही प्रती कसरी जिम्मेवार बन्ने ? आफ्नो कार्यकुशलता कसरी बृद्धी गर्ने ? सक्षम कर्मचारी कसरी बन्ने लगायतका बिषयमा राम्रो संग सुझाईयो । वक्ता रेग्मिीले सहभागीहरुलाई विषयबस्तु पढाउदै, सुनाउदै, अभ्यास गराउदै दुई दिनसम्म तालिम दिनुभयो ।

कार्यक्रममा नगरप्रमुख ओलीले आफ्नो प्रयासले मात्र नगरको विकास र समृद्धी सम्भव नहुने हुनाले सिंगो मातहतका जनप्रतिनिधी र कर्मचारीको साथ, सहकार्यता र एकरुपता आवश्यक पर्ने बताउनुभयो । नगर प्रमुखको विचार अर्केै, कर्मचारीको कार्यशैली अर्कै, वडाध्यक्षहरुको सोचाई अर्कै भयो भने नगरलाई समृद्धी तर्फ धकेल्न नसकिने भन्दै उहाँले नगरलाई विकाश गर्ने कुरोमा सबैको विचार मिल्नुपर्ने, कार्यमा विवेकता(स्मार्टनेस) हुनुपर्ने, लगनशिलता हुनुपर्ने बताउनुभयो । त्यस्तै उपप्रमुख गिता अधिकारीले तालिममा सिकाईएका कार्यलाई आफ्नो जिवनमा कार्यन्वयन गर्न सके मात्र कार्यक्रमको सार्थकता रहने जनाउनुभयो । नगरको विकाश र समृद्धीका लागि अव नगरका जनप्रतिनिधी, कर्मचारी सवै एक सोच, एक विचारका साथ लागि पर्नुपर्ने बताउनुभयो । त्यसैगरी नगरका प्रमुख प्रसासकिय अधिकृत गणेश तिमल्सिनाले सवै कर्मचारीले अव आफ्ना कार्यमा विवेकता (स्मार्ट वर्किङ्) लाई अपनाउनुपर्ने बताउनुभयो ।

इलामको श्रीअन्तुमा सम्पन्न सो दुई दिने तालिममा दमक नगरपालिकाका प्रमुख, उपप्रमुख सहित ७ वटा वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, कर्मचारी तर्फ प्रमुख प्रसासकिय अधिकृत सहित साखा अधिकृतहरु, विभिन्न साखाका कर्मचारीहरु गरी करिव ६० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर