आगलागी पीडितलाई स्थानिय सरकारको राहत सामाग्री

आगलागी पीडितलाई स्थानिय सरकारको राहत सामाग्री

२९ फाल्गुन । झापाको कमल गाउँपालिकाले मंलबारे बजारका अग्निपीडितलाई राहात सामाग्री वितरण गरेको छ । गत फाल्गुन २१ गतेका दिन कमल गाउँपालिका वडा नम्बर ५ मंगलवारे बजारमा भएको आगलागी पीडित ४ परिवारलाई नगद र जस्तापाता हस्तान्तरण गरिएको बताईएको छ ।

आगलागीका कारण दुःखमा परेका परिवारलाई गाउँपालिकाले नियम अनुसार हिजो राहात उपलब्ध गराएको छ । राहलले पीडित परिवारको क्षतीलाई परिपूर्ति गर्न नसकेपनि केही हदसम्म मलम पट्टी लगाउन सहयोग पुग्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

आगलागीबाट पीडित बनेका घरधनी शेर बहादुर लिम्बुलाई नगद रु ५० हजार रुपैँयाका साथै ३ वण्डल टिन प्रदान गरिएको छ । त्यस्तै सोही घरमा भाडामा बस्ने पार्वता राजवंशीलाई नगद रु १५ हजार, रुकमणी ताजपुरियालाई नगद रु १५ हजार र चुड्कीमर्डी सतारलाई नगद रु १० हजार रुपैँया गाउँपालिका अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेनु सिवाकोटीले संयुक्त रुपमा प्रदान गर्नुभएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर