आदिवासी रंगशालालाई अन्तराष्ट्रिय रंगशाला भनिएको भन्दै प्रतिष्ठानको विरोध

आदिवासी रंगशालालाई अन्तराष्ट्रिय रंगशाला भनिएको भन्दै प्रतिष्ठानको विरोध

१५ फाल्गुन । आदिवासी रंगशाला तथा स्मृती प्रतिष्ठानले आज एक विज्ञप्ती जारी गर्दे कमल गाउँपालिकालाई गाउँवासीको भावना विपरीत कार्य नगर्न आग्रह गरेको छ । झापाको कमल गाउँपालिका वडा न. ५ मा रहेको आदिवासी रंगशाला तथा स्मृती प्रतिष्ठानले आज एक विज्ञप्ती जारी गर्दे रंगशाला नामाकरणको विषयमा गाउँपालिकाले स्थानियको भावना विपरीत गएर सुचना जारी गरेको भन्दै त्यसलाई यथाशिघ्र सच्याउन र त्यस्तो कुचेष्टा नगर्न आग्रह गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राई र महासचिव दिपेनवाला राईद्धारा हस्ताक्षरीत विज्ञप्तीमा प्रस्तावित आदिवासी रंगशालालाई गाउँपालिकाले अन्तराष्ट्रिय रंगशाला भनेर सुचना तथा पत्राचार गरेको भन्दै प्रतिष्ठानको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । साथै सो विज्ञप्तीमा कमल गाउँपालिका वडा न. ५ मा अन्तराष्ट्रिय रंगशाला नाम गरेको कुनै रंगशाला नभएको कुरो पनि उल्लेख गरिएको छ ।

प्रदेश न. १ को पर्यटन तथा नागरीक उड्यन मन्त्रालयको आयोजानामा र कमल गाउँपालिकाको व्यवस्थापनमा प्रस्तावित आदिवासी रंगशालामा हुन लागेको प्रदेश स्तरीय महोत्सवको सन्दर्भमा गाउँपालिकाले केही दिन अघि सुचना सार्वजनिक गर्नुका साथै संघसंस्थालाई पत्राचार गरेको थियो । सो सुचना तथा पत्रमा कमल गाउँपालिकाले वडा न. ५ मा अवस्थित प्रस्तावित आदिवासी रंगशालालाई अन्तराष्ट्रिय रंगशाला भनेर उल्लेख गरेको थियो ।
विज्ञप्तिः

प्रतिक्रिया:

सम्बन्धित खवर