२१ फाल्गुन । झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बसपार्कको एक होटलबाट लागुऔषध सहित ६ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय अनारमनीबाट विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले बसपार्क छेउमा रहेको माउन्ट मेची होटलको एक कोठाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द ३ का २५ बर्षीय बिबेक तामाङ, २१ बर्षीय समिर लिम्बु, २४ बर्षीय सन्जु चेम्जुङ, १८ बर्षीय दिपेन नेम्वाङ, अर्जुनधारा ६ का १८ बर्षीय रोशन गुरुङ र इलामका २० बर्षीय सन्तोष तामाङ रहेका छन ।
पक्राउ पर्नेहरुको साथबाट ३९ ग्राम, २९ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरिएको प्रहरीले जनाइएको छ । पक्राउ परेका ६ जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरी कार्यालयले जनाएको छ ।