होलीमा उच्छृङ्ल गतिविधि गर्ने ६ जना झापाबाट पक्राउ

होलीमा उच्छृङ्ल गतिविधि गर्ने ६ जना झापाबाट पक्राउ

२८ फाल्गुन, झापा जिल्लामा होलीमा उच्छृङ्ल गतिविधि गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यलय झापाले नियन्त्रणमा लिएको छ । त्यसैगरी प्रहरीले झापाबाट २ सय ७४ वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा उच्छृङ्खल गतिविधि गर्ने सहित २७४ वटा सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उच्छृङ्खल गतिविधि गर्ने ६ जनालाई हिजो साँझ चेतावनी दिएर छाडिदिएको उहाँले बताउनुभयो ।

जिल्लाका मुख्य बजारहरु भद्रपुर, बिर्तामोड, दमक, मेचीनगर लगायत क्षेत्रहरुबाट २ सय ७४ वटा सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा ट्रयाक्टर, चार वटा कार, दुई वटा टेम्पो र २ सय ६७ वटा मोटरसाइकल र स्कुटर नियन्त्रण लिएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर