२९ फाल्गुन, झापा । मादक पदार्थ सेवन गरी जिस्केर टेम्पो चलाउदा टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा झापाको दमकमा एक जनाको ज्यान भएको छ । टेम्पोमा चढेर टेम्पो चालकलाइ काँउकुती लगाउदा टेम्पो अनियन्त्रि भई पल्टेपछि टेम्पोमा सवार यात्रुको मृत्यु भएको बताईएको छ । गत मंगलवार बेलुका दमक ५ स्थित हरिओम कोलेनीमा टेम्पो दूर्घटना भएको हो । दुर्घटनामा परेर यात्रु ६१ बर्षिय उमबहादुर मगरको मृत्यु भएको जनाईएको छ ।
इलाका ट्राफिक प्रहरी कार्यालय दमकका अनुसार नाताले मामा भान्जा पर्ने दुवैजनाले मादक पदार्थ सेवन गरेको अनुसन्धानबाट खुलेको छ । मे १ ह ६५४४ नम्बरको टेम्पो अनियन्त्रित हुँदा सडको रेलिङमा ठोक्किएको थियो । दुर्घटनामा टेम्पो चालकका नाताले भान्जा पर्ने दिप मगर भने सामान्य घाईते रहेको पनि प्रहरीले जनाएको छ ।
चालकले दिएको बयान अनुसार मृतक मामाले काँउकुती लगाउदा अनियन्त्रि भएर टेम्पो रेलिङमा गएर ठोकिएको हो । गम्भिर घाइते मामा उमबहादुरको लाईफलाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।