दमकका मृगौला पीडित बुढाथोकिलाई सहपाठीहरुको आर्थिक सहयोग

दमकका मृगौला पीडित बुढाथोकिलाई सहपाठीहरुको आर्थिक सहयोग

४ चैत्र, झापा । झापाको दमक नगरपालिका वडा न. ५ का मृगौला पीडित भेषराज बुढाथोकिलाई आज आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । शिवशक्षी नगरपालिका २ स्थित मोती माद्यामिक विद्यालय धरमपुरमा २०५५ सालमा एस.एल.सि. दिने विद्यार्थीहरुले मृगौला पीडित बुढाथोकीलाइ सो आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन ।

बुढाथोकीले २०५५ मा धरमपुर स्थित मोती मा.वि. बाट एस.एल.सि. दिएका थिए । उनी सङ्गै पढ्ने सहपाठीहरुले उनलाइ ब्यक्तिगत तर्फबाट रु ७५ हजार ४ सय १० रुपैया आर्थिक सङ्कलन गरेर हस्तान्तरण गरेका हुन ।

मृगौला पीडित बुढाथोकिका तत्कालिन सहपाठीहरुले उनको घर दमक ५ स्थित क्याम्पस माेड नै पुगेर सो रकम हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया:

सम्बन्धित खवर