सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गर्यो

६ श्रावण, सुनसरी । सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । आज बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक रहेको जनाईएको छ । यो वर्षकै उच्च मापन हो । कोशी ब्यारेजमा प्रतिसेकेन्ड २ लाख क्युसेक मापन हुँदा खतराको तह पार गर्छ । बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।..

भाइरल तस्विरको वास्तविकताः दुवै कर्मचारी कामका लागि राजधानी आएका थिए

६ श्रावण, काठमाण्डौँ । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पुरुष र महिलाले यात्रा गरिरहेको एउटा तस्वीरले सामाजिक सञ्जाल निकै तात्तिएको छ । मोटरसाइकलको पछाडि बसेकी महिलाले लगाएको पोशाकलाई लिएर विभिन्न टीकाटिप्पणी भएका छन् । यो तस्वीरका विषयमा अहिले धेरैलाई चासो पनि छ । तस्वीर वास्तविक नभएर फोटोसप गरिएको पो हो कि ? मोटरसाइकलमा सवार व्यक्ति नजिकका नातेदार पो हुन् कि ? उनीहरु कुनै विशेषखालको परिस्थितिमा हिँडेका थिए कि ? सामाजिक सञ्जालमा..

सनबहादुर तामाङ्ग बचाऊ अभियान समिति विगठन

५ श्रावण, झापा । दुर्घटना भई अर्धचेत अवस्थामा ओच्छायनमा थलिएका सनबहादुर तामाङ्ग सहयोग समिती (बचाऊ अभियान) बिगठन भएको छ । झापाको दमक–३ ढुकुरपानी स्थित बरगाछी टोलका ३२ बर्षिय तामाङ चार बर्षदेखी सवारी दुर्घटनामा परी अर्धचेत अवस्थामा ओच्छायनमा थलिएका छन् । ओच्छायनमा थलिएको अवस्थामा उनको थप उपचार र सहयोगका लागी गठन गरिएको समिती आजबाट औपचारीक रुपमा विगठन भएको हो । २०७६ मंसिर १४ गते सनबहादुरको घरमा दमक नगरपालिका कार्यपालिका सदस्य खड्ग..

झापामा यौनजन्य अपराधमा कमी

५ श्रावण, झापा । झापामा यौनजन्य अपराधका घटनामा समेत कमी आएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाको त्रिवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/०७५ मा झापामा ९९ करणी, ३४ करणी उद्योग र एउटा घटना बाल यौन दुरुपयोग अप्राकृतिक मैथुन भएको थियो । आर्थिक वर्ष २०७५/०७६ मा १७४ यौनजन्य अपराधका घटना घटे पनि आर्थिक वर्ष २०७६/०७७ मा १२६ वटा मात्रै यौनजन्य अपराधका घटना घटेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा जबर्जस्ती करणीका..

इलामको रोङ–६ मा पहिरो जादा एक घर पुरियो

५ श्रावण, इलाम/रोङ । अविरल वर्षाका कारण इलामको रोङ गाउँपालिका वडा नं. ६ मा पहिरो जादा एक घर पुरिएको छ । आज विहान ९ बजे तिर झरेको पहिरोले स्थानिय डिकबहादुर राईको घर तथा गोठ पुरिएको छ । राईको घरमा केही महिना अघि देखी झापा मेचीनगरका बलबहादुर मगर र उनकी श्रीमती बस्दै आएका थिए । उनिहरु खाना खान बाहिरको किचेनमा निस्किएको बेला माथिबाट पहिरो खसेकाले मानविय क्षती भने नभएको बताईएको छ..

दमकमा धिमाल संग्रहालय निर्माण, पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास(फोटो फिचर)

५ श्रावण, झापा । नेपालको पुर्वी क्षेत्रमा मात्र बसोवास रहेको धिमाल जातिको सांस्कृती झल्कने धिमाल संस्कृतिक संग्रहालय दमकमा निर्माण भएकोे छ । यस धिमाल संस्कृतिक संग्रहालयले दमकको पर्यटन क्षेत्रमा उल्लेख्य सहयोग पुर्याउने नगरपालिकाको विश्वास छ । लोपन्मोख अवस्थामा रहेको धिमाल समुदायको मैलिक बाजागाजा, हातहतियार तथा संस्कृतीलाई संरक्षण गर्दे आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न दमक नगरपालिका लागि परेको छ । दमक–९ मा रहेको धिमाल संस्कृति संग्रहालयमा सानो आकारको पोखरी, गणेश तथा हनुमानका..

झापामा अपराधिक घटनामा कमी आयो

५ श्रावण, झापा । झापामा अपराधका घटनामा कमी आएको पाइएको छ । तुलनात्क रुपमा अघिल्लो अर्थिक बर्ष भन्दा यस आर्थिक बर्षमा अपराधिक घटनाको संख्यामा कमी आएको जिल्ला प्रहरी कार्यालउ झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको त्रिवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा ३६ वटा घटनासहित जिल्लामा एक हजार ६८७ मुद्दा दर्ता भए पनि २०७५/७६ मा घटेर एक हजार ४ सय ६४ वटा मात्र मुद्दा..

नेपालमा आज भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

५ श्रावण, काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव जारी छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ । देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश–५, सुदुरपश्चिम प्रदेश र..

लकडाउन अझै लम्बिने, नयाँ ‘मोडालीटी’बारे मन्त्रिपरिषद्ले आज निर्णय गर्ने

५ श्रावण, काठमाण्डौँ । लकडाउन अझै लम्बिने भएको छ । सरकारले आज मन्त्रिपरिषद् बैठकमा त्यसबारे निर्णय लिने स्रोतले जानाएको छ । श्रावण ७ गते सम्मका लागि रहेको लकडाउन लम्ब्याउने निर्णय गरिने भएपनि ढाँचा भने परिवर्तन हुनेछ । विगतमा भन्दा लकडाउन केही खुकुलो बनाइने स्रोतले जानकारी दिएको छ । यसअघि हिजो कोरोना संक्रमण संकट व्यवस्थापन केन्द्र सीसीएमसीले नयाँ ढाँचाबारे प्रस्ताव तयार गर्दैछ । यसलाई मन्त्रिपरिषदमा निर्णयका लागि लगिदैछ । सीसीएमसी सचिवालयका..

गौरीगञ्जको अस्थाई प्रहरी पोष्ट माथि भारतीयको आक्रमण, दुई प्रहरी जवान घाईते

४ श्रावण, झापा । झापाको दक्षिणी भारतीय सिमावर्ती क्षेत्रस्थित गौरीगञ्ज–५ स्थित डाँगीटोलामा रहेको शसस्त्र प्रहरीको पोष्ट माथि भारतीय अज्ञात समूहले आक्रमण गरेका छन् । आक्रमणमा परि दुई जना प्रहरी जवान घाईते भएका छन् । नेपाल– भारत सीमा क्षेत्रको शसस्त्र प्रहरी पोष्ट माथि हिजो राति ९ वजे तिर भारतबाट घरेलु हतियारी सहित आएका ४०/५० जनाको एक समुहले आक्रमण गर्दा प्रहरी जवान घाईते भएका हुन् । घाईते ती प्रहरी जवानको शरीरमा चोटपटक..