नेपालमा आज भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

नेपालमा आज भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह


५ श्रावण, काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव जारी छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ ।

देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश–५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर