सनबहादुर तामाङ्ग बचाऊ अभियान समिति विगठन

सनबहादुर तामाङ्ग बचाऊ अभियान समिति विगठन

५ श्रावण, झापा । दुर्घटना भई अर्धचेत अवस्थामा ओच्छायनमा थलिएका सनबहादुर तामाङ्ग सहयोग समिती (बचाऊ अभियान) बिगठन भएको छ । झापाको दमक–३ ढुकुरपानी स्थित बरगाछी टोलका ३२ बर्षिय तामाङ चार बर्षदेखी सवारी दुर्घटनामा परी अर्धचेत अवस्थामा ओच्छायनमा थलिएका छन् ।

ओच्छायनमा थलिएको अवस्थामा उनको थप उपचार र सहयोगका लागी गठन गरिएको समिती आजबाट औपचारीक रुपमा विगठन भएको हो ।

२०७६ मंसिर १४ गते सनबहादुरको घरमा दमक नगरपालिका कार्यपालिका सदस्य खड्ग धिमाल, दमक ३ का वडाध्यक्ष नविन बराल, समाजिक अगुवा बोधराज घिमिरे, वडासदस्य तनकुमारी दाहाल लगायतको उपस्थितीमा समिती गठन भएको थियो ।

सो समितीले आज दमकमा पत्रकार, सामाजिक अभियान्ता, टोल बिकास समितीका प्रमुख, प्रतिनिधी लगायतको उपस्थितीमा आयब्यय प्रस्तुत गर्दै विगठनको घोषणा गरिएको हो ।

समाजसेवी सम्झना तामाङ्ग संयोजक रहेको समितिमा पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल सचिव रहेका थिए । पत्रकार अनिलदेव राई, स्थानिय चन्द्रमाया तामाङ्ग र तिलमाया बिश्वकर्मा सदस्य रहेको समितीले ४ पटक बैठक बसेको बताइएको छ ।

सनबहादुरको परिवारलाई दुई किस्ता गरेर जम्मा २ लाख ६ हजार २ सय ३० रुपैया उपलब्ध गराएको समिती संयोजक सम्झना तामाङ्गले बताइन् ।

सहयोग समितीको तर्फबाट संयोजक तामाङ्ग र सनबहादुरको बुबा सिंह बहादुर तामाङ्गको नाममा प्राईम कमर्सियल बैक दमकमा खाता खोली सहयोगका लागी अपिल गरिएको थियो ।

जसमा आयतर्फ सहयोगी दाताहरुबाट जम्मा रु २ लाख १५ हजार ५६४ प्राप्त भएको बताइएको छ ।

यस्तै खर्चतर्फ पहिलो किस्ता सनबहादुरको बुबालाई दिएको रु एक लाख ७० हजार, दोस्रो किस्तामा रु एक लाख २ सय ३० रुपैँया दिईएको बताईएको छ । त्यस्तै सहयोग समिती खर्च तर्फ रु २१ हजा ७५ रुपैँया, संचारकर्मी एकतर्फी हवाई खर्च तर्फ रु ७ हजार, फोटोकपी खर्च रु १५९ गरी जम्मा रु दुई लाख १५ हजार ५६४ रुपौया रहेको बताइएको छ ।

यस्तै सोही कार्यक्रमका विच सामाजिक अभियान्ता सम्झना तामाङ्गले पत्रकार मञ्च दमकले स्थापना गरेको अक्षय कोषलाई रु ११ हजा १११ सहयोग गरेकी छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर