सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गर्यो

सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गर्यो


६ श्रावण, सुनसरी । सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । आज बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक रहेको जनाईएको छ ।

यो वर्षकै उच्च मापन हो ।

कोशी ब्यारेजमा प्रतिसेकेन्ड २ लाख क्युसेक मापन हुँदा खतराको तह पार गर्छ । बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव अझै बढ्दो क्रममा रहेको जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर