ओली समुहको प्रेस संगठन झापा संयोजकमा उप्रेती

ओली समुहको प्रेस संगठन झापा संयोजकमा उप्रेती

६ फाल्गुन, झापा । सत्तारुढ नेकपा निकट प्रेस संगठन नेपालको झापा संयोजकमा दमकका पत्रकार टिकाराम उप्रेती चयन हुनुभएको छ । नेकपाको विभाजनसँगै प्रेस संगठन पनि दुई समूहमा विभाजित भएको छ ।

उप्रेती साविक माओबादी सम्वद्ध प्रेस सेन्टरका झापा अध्यक्ष हुनुहुन्थ्यो । संगठनको सहसंयोजकमा दमककै मनकुमार गदाल र विर्तामोडका प्रदीप परियार चयन हुनुभएको छ ।

साविक नेकपा एमालेको पत्रकार संगठन प्रेस चौतारी र साविक नेकपा माओबादीको संगठन प्रेस सेन्टर रहेको थियो । चौतारी र सेन्टरबीच एकता भएपछि प्रेस संगठन गठन भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर