समाज

गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख र राष्ट्रपति राष्ट्रपतिबीच भेटवार्ता
४ असार, काठमाण्डौँ । गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख र राष्ट्रपति राष्ट्रपतिबीच वर्षाका कारण भएको क्षति र जोखिम न्युनीकरणका बिषयमा छलफल भएको छ । गृहमन्त्री खगराज अधिकारी र तीनवटा सुरक्षा निकायका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुभएको हो । राष्ट्रपतिको निमन्त्रणमा गृहमन्त्री, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी आज शीतल निवास पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता भएको..

नवलपरासीको बौदीखोलामा निर्माणाधिन पुल बगायो
३ असार, नवलपरासी । अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौदीखोलाको निर्माणाधिन पुल बगाएको छ । जिल्लाको बौदीकाली गाउँपालिकाको वडा नं. १ र २ जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको स्ल्याब र बिम बगाएको हो । बौदीकालीका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले गाउँपालिकालाई जिल्ला सदरमुकाम कावासोतीसँग जोड्नका लागि शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको जानकारी दिनुभयो । प्रदेश सरकारको तीन करोड ५० लाखको लागतमा निर्माण..

नेपाली कांग्रेसका नेता खड्काद्धारा चुलाचुलीमा निशुल्क एम्बुलेन्स सेवा
३ असार, इलाम । नेपाली कांग्रेस युवा नेता एबम समाजसेबी डम्बर खड्काले चुलाचुली गाँउपालीकामा निशुल्क एम्बुलेन्स सेवा सन्चालन गर्नुभएको छ । कोभिड १९ संक्रमित बढीरहेको समयमा बिरामीलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्स अभाव रहेकाले उहाँले यो सेवा सन्चालनमा ल्याउनुभएको हो । खड्काले चुलाचुलिमा एम्बुलेन्स आवश्यकता रहेको खबर पाएसँगै नेपाली कांग्रेस चुलाचुली गाँउपालिका कार्यसमितिको मातहतमा रहने गरी ना १ ज ६५६९ नम्बरको बोलेरो गाडी विरामी बोक्ने प्रयोजनका लागि प्रदान गर्नुभएको हो । उहाँले..

अविरल वर्षापछिको भयानक बाढीले मेलम्ची बजार बगरमा परिणत
२ असार, सिन्धुपाल्चोक । अविरल वर्षापछिको भयानक बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा व्यापक क्षति भएको छ । इन्द्रवती नदीमा आएको भिषण बाढीका कारण मेलम्ची बजारका दर्जनौ घरहरुमा क्षतिपुगेका छ । यस्तै बजार क्षेत्र बगरमा परिणत भएको छ । बाढीले घर भत्काएपछि पीडितहरु बिलौना गरिरहेको सुनिन्छन् भने कतिपय सम्पर्कबिहीन समेत रहेका छन् । आफ्नो धनसम्पत्ति खोलाको बगरमा परिणत भएपनि अब कसरी दैनिकी चलाउने भन्ने चिन्तामा उनीहरु डुबेका छन् । हिजो साँझदेखिको बाढीपछि..

झापाका स्थानीय तहहरु विपद् व्यवस्थापनको पूर्व तयारीमा
१ असार, काठमाण्डौँ । झापाका स्थानीय तहहरु विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेका छन् । मनसुनी वर्षा शुरु भएसँगै झापाका अधिकांश स्थानीय तह डुवान र कटानको चपेटामा पर्ने भएकाले क्षति न्यूनीकरण र रोकथामका लागि आवश्यक स्रोत साधानको व्यवस्थापनमा लागिसकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनुभयो । जिल्लामा कनकाई, विरिङ, रतुवा, कमल, निन्दा, मेचीलगायत २८ वटा साना ठूला नदीहरु रहेका छन् । हिउँदमा साना देखिए पनि वर्षायाममा बाढी आउँदा यी नदीबाट विगतमा..

चुलाचुली गाउँपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुग्यो
३१ जेष्ठ, इलाम । इलामको चुलाचुली गाउँपालिकामा दोस्रो लहरको कोरोना भाईरस संक्रमणका कारण आठ जनाको मृत्यु भएको छ । केही संक्रमितको विभिन्न अस्पतालमा उपचारको क्रममा र केहीको होम आईसुलेसनमा नै मृत्यु भएको जनाईएको छ । यस्तै चुलाचुलीमा आजसम्म १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु मध्ये ९० जना निको भईसकेको चुलाचुली स्वास्थ्य शाखाका दुस्यान्त दाहालले जानकारी दिनुभयो । स्वास्थ्य प्रमुख दाहालका अनुसार अहिले चुलाचुली अस्थाई कोभिड अस्पतालमा नौ..

एसइईको नतिजा श्रावण दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी
३१ जेष्ठ, काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा श्रावण दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी तयारी सुरु गरेको छ । असार २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन पठाउन निर्देशन दिएको बोर्डले कुनै अवरोध नभए श्रावण १५ भित्र नतिजा सार्वजनिक गर्नेगरी काम सुरु गरेको बोर्डलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको हो । विद्यार्थीको आन्तरिक मूल्यांकनबाट प्राप्त नतिजा असार २० गतेभित्र जिल्ला समन्वय एकाई कार्यालयमा पठाइसक्नुपर्ने भएको छ ।..

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना
३१ जेष्ठ, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा आएको समस्याका कारण खनाल आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो । स्वास्थ्यमा आएको सामान्य समस्याको कारण उहाँ अस्पताल भर्ना हुनुभएको उहाँको सचिवालयले पुष्टि गरेको छ । अहिले उहाँको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन अस्पतालममै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुलाई उदृत गर्दै सचिवालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

बजेट पारित गरौँ, त्यसपछि प्रदेशको नाम टुङ्गो लगाऔँः मुख्यमन्त्री राई
३० जेष्ठ, विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि प्रदेशको नामको टुङ्गो लगाउने प्रस्ताव गर्नुभएको छ । प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा आज उहाँले चालु बजेट अधिवेशनबाटै प्रदेशको नाम टुङ्गो लगाउन प्रस्ताव गर्नुभएको हो । प्रदेशको नाम टुङ्गो लगाउन नसकेको भन्दै प्रदेशसभामा सरकारको आलोचना भइरहेको छ । मुख्यमन्त्री राईले ढुङ्गा गिट्टी निकासीको विषयमा केन्द्र सरकारको..

झापाको कचनकबलमा सर्पदंश उपचार केन्द्र संञ्चालनका लागि अनुमति
३० जेष्ठ, झापा । झापाको दक्षिणी भेगमा पर्ने कचनकबल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र संञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले अनुमति प्रदान गरेको छ । विषालु सर्पको डसाइबाट बर्सेनि धेरै घाइते हुने र अस्पताल टाढा हुँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था थियो । दक्षिण झापाका बासिन्दाले विगत लामो समयदेखि स्थानीय क्षेत्रमै सर्पदंश उपचार केन्द्रको माग गर्दै आएका थिए । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले कचनकबलको बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश उपचार..