गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख र राष्ट्रपति राष्ट्रपतिबीच भेटवार्ता

गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख र राष्ट्रपति राष्ट्रपतिबीच भेटवार्ता


४ असार, काठमाण्डौँ । गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख र राष्ट्रपति राष्ट्रपतिबीच वर्षाका कारण भएको क्षति र जोखिम न्युनीकरणका बिषयमा छलफल भएको छ । गृहमन्त्री खगराज अधिकारी र तीनवटा सुरक्षा निकायका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुभएको हो ।

राष्ट्रपतिको निमन्त्रणमा गृहमन्त्री, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी आज शीतल निवास पुग्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता भएको वर्षाका कारण भएको क्षति र जोखिम न्युनीकरणका लागी भएको प्रयासबारे सुरक्षा प्रमुखहरुबाट जानकारी लिएको बताइएको छ । विपद् न्युनीकरणका लागी भएको प्रयासबारे जानकारी गराएर गृहमन्त्री सहितका सुरक्षा अधिकारी फर्केका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर