समाज

प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्नुहुने
२९ असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्नुहुने भएको छ । आज दिउसो दुई बजे प्रधानमन्त्री ओलीले देशवासीका नाउँमा सम्बोधन गर्न लाग्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो दुई बजे सिंहदरबारबाट सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले सामाजिक संजालमार्फत जानकारी दिनुभएको छ । प्रधानमन्त्रीले सर्वाेच्च अदालतले हिजो गरेको फैसला पछिको लगायत समसामयिक विषयमा सम्बोधन गर्ने बुझिएको छ । प्रधानमन्त्रीको सम्बोधन गर्नुहुने भएसँगै आज..

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश
२८ असार, काठमाण्डौँ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ । संसद् विघटनसम्बन्धी मुद्द ामा सर्वाेच्च अदालतको सं व ैधानिक इजलाशले आज यस्तो आदेश दिएको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपकक ुमार का र्क ी, मिरा खड्का, ईश् वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

कोभिडबाट मृत्यु भएका परिवारलाई ५० हजार उपलब्ध गराउने देउमाइ नगरपालिकाको निर्णय
२६ असार, इलाम । कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहत स्वरुप रु ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय भएको नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले बताउनुभयो । यस बर्ष यो नयाँ कार्यक्रम भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नयाँ कार्यक्रमका रुपमा देउमाइलाई अपाङ्ता मैत्री घोषणा गरेर अपाङ्ता भएका..

झापामा निषेधाज्ञा थप खुकुलो, सार्वजनिक यातायात पनि सञ्चालनमा
२२ असार, झापा । झापामा निषेधाज्ञा थप खुकुलो बनाउँदै लगिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै लगाएको निषेधाज्ञा थप खुकुलो गरिने निर्णय भएको हो । आज जिल्ला प्रशासन कार्यालय झापामा बसेको डिसीसीएमसीको बैठकको निर्णयानुसार जारी निषेधाज्ञामा अब झापाबाट मोरङ, सुनसरी तथा इलाम सम्म सार्वजनिक यातायात पनि जोर विजोर प्रणालीमा सञ्चालन गर्न भनिएको छ । असार ३१ सम्म निषेधाज्ञालाई लम्बाउने तर खुकुलो बनाउने निर्णय..

मध्यपहाडी लोकमार्ग अवरुद्ध
२२ असार, काठमाण्डौँ । निरन्तरको वर्षाका कारण मध्यपहाडी(पुष्पलाल) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठे खोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयल डाँडामा राति खसेको पहिराले सडक अवरुद्ध भएको हो । दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सडक अवरुद्ध भएको राजमार्ग आयोजना कार्यालयका इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिनुभयो । निरन्तरको वर्षा पछि पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउनका लागि आवश्यक..

काठमाडौँ उपत्यकामा जोर–बिजोर प्रणाली हट्यो, निषेधाज्ञा भने जारी
२० असार, काठमाण्डौँ । काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । बैठकले यही असार २२ गतेदेखि ३१ गतेसम्म लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर बिजोर प्रणाली हटाइएको हो । काठमाडौँ..

निरन्तरको बर्षाका कारण प्रदेश–१ को जनजिवन प्रभावित, सावधानी अपनाउन आग्रह
१९ असार, झापा । वर्षाका कारण प्रदेश–१ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा जिल्लाको जनजिवन प्रभावित बनेको छ । कोशी र यसका सहायक नदीहरुमा पानीको बहाव बढ्दै गएको संवन्धित जिल्लाका अधिकारीहरुले बताएका छन् । नदी तटीय क्षेत्रमा बस्नेहरुले विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । जलतथा मौसम पूर्वानुमान महाशाखाले दक्षिणी तथा होचो भाग डुबानमा पर्न सक्ने भन्दै सचेत बन्न आग्रह गरेको छ ।..

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ३० वटा ढोका खुला
१९ असार, सुनसरी । अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । कोसी ब्यारेजमा आज बिहान १०ः१५ बजे २ लाख ३१ हजार ६ सय ५५ क्युसेक पानीको बहाव मापन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहेको हरेक घण्टैपिच्छे पानीको बहाव बढेसँगै कोसी ब्यारेजमा ३० वटा ढोका खोलिएको छ । पानीको बहाव बढ्ने क्रम निरन्तर भएकोले गर्दा आवश्यकता अनुसार थप ढोका खोल्न सकिने सुनसरी..

मुग्लिन–नारायणगढ सडकमा ट्रकमाथि नै पहिरो खस्यो
१८ असार, काठमाण्डौँ । पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक खण्डको जाममा फसेको ट्रकमाथि नै पहिरो खसेको छ । उक्त सडक खण्ड अन्तर्गत इच्छा कामना गाउँपालिका ६ जलवीरे नजिकै जाममा लामबद्ध रूपमा रोकिराखेको ट्रक माथि आज बिहान करिब ७ बजेतिर पहिरो खसेको हो । पहिरोमा नारायणगढबाट मुग्लिनतर्फ सामान बोकेर आउँदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पुरेको छ । पहिरोमा ग २ च ४०२९ नं को एउटा..

राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश
१७ असार, काठमाण्डौँ । राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश भएका छन् । आजदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा शपथसम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गर्नुभयो । उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन..