७ फागुन, इलाम । नेपाल कम्युनिस्ट पार्टी एमाले फाकफोकथुम गाउँ कमिटीकाे दाेस्राे पुर्ण तथा विस्तारित वैठक सम्पन्न भएकोछ । बैठक संगै ३ महिने जरा केन्द्रीत पालिका स्तरीय अनुशिक्षण कार्यक्रम समेत सम्पन्न भएको एमाले फाकफोकथुमका अध्यक्ष अर्जुन योङ्हाङले जानकारी दिनुभयो ।
बैठकले नेकपा एमाले फाकफाेकथुम गाउँकमिटीकाे वार्षिक कार्ययोजना पारित गरेको उहाले बताउनुभयो । पालिकाकाे ४२ वटा टाेल कमिटीहरुकाे ईन्चार्जकाे जिम्मेवारी प्रदान गर्ने निर्णय साथै अन्य धेरै महत्त्वपूर्ण र दुरगामी महत्व राख्ने निर्णयहरु गर्दै बैठक सम्पन्न भएकाे उहाले बताउनुभयो । बैठकमा प्रमुख अतिथीको रुपमा नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य राजकुमार थापा रहनुभएको थियो भने जरा केन्द्रीत अभियानकाे मुख्य प्रशिक्षकको रुपमा नेकपा एमाले ईलाम जिल्ला अध्यक्ष कमरेड गणेश वराल रहनुभएको थियो ।
बैठकमा जिल्ला कमिटी सचिवालय सदस्यहरु, दिपेन्द्र खनाल, छत्र सुब्बा र प्रदेश कमिटी सदस्य तथा पालिका पार्टी ईन्चार्जले मन्तव्य राख्नु भएको थियो ।
बैठकको अध्यक्षता नेकपा एमाले फाकफोकथुमका अध्यक्ष अर्जुन योङहाङले गर्नुभएको थियो भने स्वागत मन्तव्य पालिका कमिटी उपसचिव कमरेड हाेम लायाे मगर राख्नु भएको थियो । वैठक सञ्चालन पालिकन कमिटी सचिव ओम प्रसाद खनालले गर्नु भएकाे थियाे ।
बैठक आमचोक स्थित साझा भवनमा सम्मपन्न भएको हो ।