संविधानमा महिला, दलित र आदिवासीलाई अधिकार दिएको ओलीलाई मन परेको छैनः प्रचण्ड

संविधानमा महिला, दलित र आदिवासीलाई अधिकार दिएको ओलीलाई मन परेको छैनः प्रचण्ड


फागुन, झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा पुग्ने वित्तिकै संविधानलाई च्यात्न प्रयास गरेको बताउनुभएको छ । नेकपा माओवादी दमक नगर कमिटीको अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले प्रधानमन्त्री ओली संविधानलाई च्यात्न उद्धत रहेको अरोप लगाउनुभएको हो ।

नेपालमा गणतन्त्र र संघियता ओलीले कहिल्यौ पनि नचाहेको प्रचण्डको भनाई थियो । तर नचाहँदा–नचाहदँै बाध्य भएर यो व्यवस्था मान्न परेको भनेर केही अगाडीले ओली स्वंयमले आफुलाई सुनाएको प्रचण्डले बताउनुभयो । “माओवादीको शसस्त्र जनयुद्ध र आन्दोलनको आधिहुरीले गाणतन्त्र, संघियता र धर्मनिरोपेक्षता आउने पक्का भएपछि ओलीजी यो व्यवस्था मान्न तयार हुनुभयो तर उहाँलाई यो संविधानमा महिला, मधेशी, दलित र आदिवासीलाई अधिकार दिएको मन परेको छैन त्यसैले उहाँ यो संविधानलाई च्यात्न चाहनुहुन्छ” प्रचण्डले भन्नुभयो, “यो संविधान बनाउने बेलमा ओली जी संघियता ठिक छैन, यो समावेशी, समानुपातिक भनेर महिलालाई, दलितलाई आदिवासी जनजातीलाई अधिकार दिएको पनि मलाई मन परेका छैन तर के गर्ने, माओवादीले आधिहुरी ल्यायो, मान्नै पर्यो, सवैले मान्यो मैले पनि माने भन्ने मान्छे केपी ओलीजी हो ।”

त्यस्तै उहाँले नेकपा माओवादीले अव एमाले कांग्रेससंग समिकरण नगर्ने पनि बताउनुभयो । माओवादी आफ्नै खुट्टामा उभिएर नेपाली जनताको पक्षमा, हिजोका पहिचान र मुद्धाको पक्षमा, नेपाली मजदुर किसानको अधिकारको पक्षमा उभिने समिक्षा सहित संकल्प गरेको उहाँले बताउनुभयो । “कहिले एमाले संग समिकरण गर्छौ कहिले कांग्रेससंग समिकरण गर्छौ भनेर भन्दा भन्दै हाम्रो आफ्नै एजेन्डा कमजोर हुन गए, हाम्रो वर्गसंग, हाम्रो समुदायसंग हाम्रो संवन्ध कमजोर हुन गयो” उहाँले भन्नुभयो “त्यसकारण अव कांग्रेस र एमालेसंग समिकरण गरिने छैन, हामी आफ्नै खुट्टामा उभिएर नेपाली जनताको पक्षमा, हिजोका पहिचान र मुद्धाको पक्षमा, नेपाली मजदुर किसानको अधिकारको पक्षमा दरोगरी उभिने समिक्षा सहित संकल्प गरेका छौँ ।”

जसपाका पूर्व प्रदेश अध्यक्ष चाम्लिङ माओवादी प्रवेशः

सोही कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका पूर्व प्रदेश १ समितीका अध्यक्ष प्रविण चाम्लिङ नेकपा माओवादी केन्द्र प्रवेश गर्नुभएको छ । पार्टी अध्यक्ष प्रचण्डले उहाँलाई खदा र रुद्राक्षको माला लगाईदिएर पार्टी प्रवेश गराउनुभएको हो ।
गणतन्त्रको संवाहक नै माओवादी १० बर्षे जनयुद्ध आन्दोलन रहेको र यो व्यवस्थाको संरक्षण गर्न माओवादी पार्टी मात्रै ईमान्दार रहेको निश्कर्ष सहित आफु माओवादी प्रवेश गरेको चाम्लिङले बताउनुभयो ।
चर्चित पहिचानवादी नेताको रुपमा परिचित चाम्लिङको नेतृत्वमा करिव पाँचसय जनाले माओवादी प्रवेश गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर