विशेष

ओली र नेपालकै सहमतीमा मुख्यमन्त्री बनेकी हुँः अष्टलक्ष्मी शाक्य
५ भाद्र, काठमाण्डौँ । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू केपी शर्मा ओली र माधवकुमार नेपाल दुवैको सहमति मुख्यमन्त्री बनेको बताउनुभएको छ । वागमती प्रदेशसभामा सरकार परिवर्तनको विषयमा आफूले दुवै नेतालाई भेटेर जानकारी गराएको र दुवैको सहमति पाएको उहाँले बताउनुभएको हो । आज शनिबार काठमाडौंको धुम्बाराहीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाक्यले आफूले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसँगै ओलीलाई भेटेको बताउनुभयो । ‘वागमतीको यस्तो स्थिति छ । के गर्नुहुन्छ तपाईंले ? हामी..

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडे
३१ श्रावण, काठमाण्डौँ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिवानले राजधानी काबुल कब्जा गर्न लागेपछि उनले देश छाडेको अलजजिराले जनाएको छ । समाचार एजेन्सीहरुका अनुसार घानीले अफगानिस्तान छाडेको जनाएको छ । उनी ताजिकिस्तान गएको त्यहाँका आन्तरिक मामला मन्त्रीले जनाएका छन् । घानीसहित अफगानिस्तानका मुख्य नेताहरुले देश छाडेको रिपोर्ट छ । अफगानिस्तानको काबुलमा तालिवान पसिसकेका छन् । उनीहरुले सरकारी सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् । काबुल बाहिर जान..

अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य शहरहरुमा तालिबानले कब्जा
३१ श्रावण, काठमाण्डौँ । अफगानिस्तानको राजधानी काबुलबाहेक अन्य शहरहरुमा तालिबानले कब्जा जमाउन सफल भएको छ । आज बिहान विद्रोही समूहले अफगानिस्तानका काबुलबाहेक अन्य मुख्य शहरमा कब्जा जमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार अफगानिस्तानको उत्तरी गढ मानिएको मजर–इ–सरिफमा तालिबान लडाकुहरुले कब्जा गरेका थिए । बीबीसीका अनुसार अफगान सुरक्षाकर्मीहरुले जलालावाद कुनै प्रतिकारबिना नै तालिबानहलाई छोडिदिएका हुन् । तालिबान काबुलतर्फ बढिरहँदा राष्ट्रपति असरफ घानीलाई राजीनामा दिन दबाब बढेको छ । यसैबीच, अमेरिकाले..

भारतीय प्रधानमन्त्री मोदीद्धारा पहिलोपटक मन्त्रीमण्डल हेरफेर
२४ असार, काठमाणैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रीमण्डल हेरफेर गरेका छन् । मन्त्रिपरिषदका ४३ सदस्यहरुले बुधबार साँझ ६ बजे पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्, जसमा १५ मन्त्री र २८ जना राज्यमन्त्री छन् । यससँगै मोदी नेतृत्वको मन्त्रिपरिषद ७७ सदस्यीय बनेको छ । मन्त्रिपरिषदमा ३६ जना नयाँ अनुहार छन् भने सात जना पुरानै मन्त्रीहरुको भूमिका थप बढाइएको छ । प्रधानमन्त्री मोदीले विज्ञान तथा..

हाइटीका राष्ट्रपति मोइजको निजी निवासमा नै गोली हानी हत्या
२३ असार, काठमाण्डौँ । हाइटीका राष्ट्रपति जोभेनेल मोइजको आफ्नो निजी निवासमा नै गोली हानी हत्या भएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपति मोइजको हत्याको पुष्टि गर्नुभएको हो । मोइजले सन् २०१८ मा हुने व्यवस्थापिकाको चुनाव ढिलाइ भएपछि राष्ट्रपतिको विशेषाधिकार प्रयोग गर्दै विभिन्न निर्देशनमार्फत सबैभन्दा गरिब अफ्रिकी मुलुक हाइटीमा शासन गर्दै आउनुभएको थियो । उहाँको कार्यकाल सकिनै लाग्दा विवादहरू चुलिँदै गएका थिए र यसमा उहाँलाई..

पश्चिम बंगालको मुख्यमन्त्रीमा ममता बेनर्जी तेस्रो कार्यकालकालागि नियुक्त
२२ वैशाख, काठमाण्डौँ । नेपालसंग सिमा जोडिएको भारतीय राज्य पश्चिम बंगालमा ममता बेनर्जीले पुनः तेस्रो कार्यकालका लागि मुख्यमन्त्रीको सपथ लिएकी छिन् । हालै सम्पन्न विधान सभा निर्वाचनमा आफ्नो दललाई दुई तिहाइ बहुमत दिलाएकी तृणमूल कंग्रेस (टिएमसी)की प्रमुख बेनर्जीले आज कोलकतास्थित राजभवनमा मुख्यमन्त्रीको सपथ लिएकी हुन् । गत मार्च र अप्रिलमा भएको विधान सभा चुनावमा बेनर्जीको पार्टीले भव्य रूपमा जित हासिल गरेपनि बेनर्जीले भने हार ब्यहोर्नुपरेको थियो । नन्दीग्राम चुनाव क्षेत्रमा..

म्यानमारको सैन्य हिंसा अन्त्य गर्न ‘आसियान’को आग्रह
१२ वैशाख, काठमाण्डौँ । दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन ‘आसियान’का नेताहरुले म्यानमारको सैन्य शासकलाई हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । शासन हत्यापछि गिरफ्तार गरिएका राजनीतिक बन्दीहरुलाई पनि रिहा गर्न उनीहरुले आग्रह गरेका छन् । शनिबार इन्डोनेसियाको जाकार्तामा आसियानको आकस्मिक बैठक बसेको थियो । सो बैठकमा सहभागी नेताहरुले म्यानमारका सैन्य शासकहरुले नरसंहार तत्काल बन्द गर्नुपर्ने धारणा राखेको इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई उद्धृत गर्दै अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । बैठकमा..

भारत संसारकै धेरै कोरोना संक्रमित थपिने मुलुकमध्ये पहिलो स्थानमा
२२ चैत्र, काठमाण्डौँ । छिमेकी भारतमा पछिल्लो समय कोभिड १९ का संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । कोरोनाको दोस्रो लहर फैलिरहेको भारतमा शनिबारमात्रै झन्डै ९३ हजार संक्रमित थपिएका छन् । योसँगै भारत संसार भरकै दैनिक धेरै कोरोना संक्रमित थपिने मुलुकमध्ये पहिलो स्थानमा पुगेको छ । भारतिय संञ्चारमाध्यमका अनुसार शुक्रबार भारतमा ८९ हजार मानिसमा संक्रमण देखिएको थियो । यति धेरै संक्रमित उक्त दिन अरू देशमा भेटिएका थिएनन् । यसअघि गत अक्टुबरमा..

ताइवानमा रेल दुर्घटना, ५० जनाको मृत्यु
२१ चैत्र, काठमाण्डौँ । ताइवानमा रेल दुर्घटना हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएका छन् । सुरुङमार्गमा गुडिरहेको रेल लिकबाट बाहिरिएपछि दुर्घटना भएको बीबीसीले जनाएको छ । लिक छोडेपछि सो रेल एक लरीसँग ठोक्किएको थियो । राजधानी ताइपेइबाट ताइतुङ जाँदै गरेको सो रेलमा ५ सय जना यात्रु थिए ।

म्यानमारको सैनिक ‘कू’ विरुद्ध प्रदर्शन चर्किदैं, एकै दिन ३८ जना मारिए
२० फाल्गुन, काठमाण्डौँ । म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरेको थियो । सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई नियन्त्रणमा लिएको..