३१ श्रावण, काठमाण्डौँ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिवानले राजधानी काबुल कब्जा गर्न लागेपछि उनले देश छाडेको अलजजिराले जनाएको छ ।
समाचार एजेन्सीहरुका अनुसार घानीले अफगानिस्तान छाडेको जनाएको छ । उनी ताजिकिस्तान गएको त्यहाँका आन्तरिक मामला मन्त्रीले जनाएका छन् । घानीसहित अफगानिस्तानका मुख्य नेताहरुले देश छाडेको रिपोर्ट छ ।
अफगानिस्तानको काबुलमा तालिवान पसिसकेका छन् । उनीहरुले सरकारी सैनिकलाई आत्मसमर्पण गर्न भनेका छन् । काबुल बाहिर जान चाहनेलाई जान दिइने समेत भनेका छन् ।
अफगानिस्तानमा तालिवानको कब्जा निश्चित भएपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रयास भइरहेको छ ।