बालकृष्ण खाणलाई भेट्न कारागार पुगे शशांक कोईराला

१३ भाद्र, काठमाण्डौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाणलाई भेट्न कोइराला बुधबार बिहान केन्द्रीय कारागार सुन्धार पुगेका थिए । कारगार स्रोतकाअनुसार उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो । खाणलाई भेट्न कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि कारागार पुगेका थिए । खाणलाई भेट्न कांग्रेसका शीर्ष नेता सुन्धारा पुगिरहेका छन् । केही समयअघि नेता शेखर कोइराला, सहमहामन्त्री..

पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिदा तीन जनाको मृत्यु

१३ भाद्र, काठमाण्डौँ । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो जीप पुरिदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका ७ की ५० वर्षीय मनकला चुधारा, पाल्पा तानसेन नगरपालिका घरभई जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी यम बहादुर बोहोरा र कास्की जिल्ला पोखरा महानगरपालिका २५ हेम्जाका ३१ वर्षीय बिनोद तिम्सिना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । तम्घासबाट बुटवलका लागि छुटेको लु..

प्रचण्डलाई सकसः एमसिसीलाई लिएर विप्लव आन्दोलनको तयारीमा

१२ भाद्र, काठमाण्डौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एमसिसी खारेजीको माग राखेर संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । विप्लवले एमसिसी कार्यान्वयनको मुखैमा एक विज्ञप्ती जारी गरेर उक्त सम्झौता कार्यान्वयनमा लगिए अमेरिकाविरुद्ध प्रतिरोध संघर्ष गर्ने चेतावनी दिएका हुन् । अहिले सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन् । यो बीचमा विप्लवले प्रचण्डसँग सहकार्यको प्रयास गरेका छन् । माओवादी केन्द्र र नेकपाबीच एकताको गृहकार्य भैरहेको पनि चर्चा छ । तर,..

अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक छैनः प्रधानमन्त्री प्रचण्ड

१२ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि भने छोड्न आवश्यक नभएको बताएका छन् । संसदमा आज भएको प्रश्नोत्तरमा सांसद असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेको बताए । त्यही कारण राजनीतिक प्रणालीप्रति जनतामा छाएको वितिष्णालाई चिर्न सफल भएको उनको दाबी छ । दबाबरहित निष्पक्ष छानबिन अगाडि बढाएकै कारण सुशासन सम्भव छ भन्ने जनतामा परेको भन्दै उनले..

दमकको युनिक कलेजमा चार विद्यार्थी संगठनद्धारा तालावन्दी

१२ भाद्र, झापा । दमकको युनिक कलेजका एक शिक्षकलाई कारवाही गर्न माग राख्दै चार वटा विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा आज तालाबन्दी गरेका छन् । कलेजकी एक छात्रालाई घर पुरयाँईदिने भन्दै कलेजमा कार्यरत शिक्षक मुकुन्द आचार्यले अभद्र व्यवहार गरेको भन्दै नेविसंघ लगायतका विद्यार्थी संगठनले तालावन्दी गरेका हुन् । कलेजका कोअर्डिनेटर समेत रहेका आचार्यले त्यस कलेजमा अध्ययनरत एक छात्रालाई अभद्र व्यवहार गरेको ती संगठनहरुको आरोप छ । पीडित छात्राले सो घटनाका..

सरकारले ‘गौर घटना’को फाईल नखोले ‘हेग’ जाने प्रभु साहको चेतावनी

१२ भाद्र, काठमाण्डौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर घटनाका दोषीहरुलाई कारबाही नगरे चुप लागेर नबस्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा साहले पीडितहरुसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको टिप्पणी गरे । कानुनको शासन छ कि कुर्सीको भन्ने प्रश्न उठेको उनले अगाडि भने, ‘यदि सरकारले यसरी नै लटरपटर गर्ने हो भने पीडितहरु चुप लागेर बस्दैनन, हाम्रो पार्टी चुप लागेर बस्दैन ।’ नक्कली..

कोशी प्रदेशमा आजबाट बजेट होलिडे सुरु

११ भाद्र, विराटनगर । कोशी प्रदेशमा आजबाट बजेट होलिडे सुरु भएको छ । अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन नहुँदा कोशीमा आईतबार राति १२ बजेबाट बजेट होलिडे सुरु भएको हो । नेकपा (एमाले) नेतृत्वको सरकारले गत असार १४ गते अध्यादेशमार्फत ल्याएको बजेट प्रदेश सभामा टेबुल गरेको थियो । प्रदेश सभामा प्रस्तुत भएको उक्त विधेयक ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर प्रतिस्थापन गर्नुपर्ने व्यवस्था बमोजिम उक्त अध्यादेशबाट ल्याइएको बजेटको कानुनी र संवैधानिक हैसियत आईतबार..

पुर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन ओलीको सन्देश

१ भाद्र, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्काे निर्णय र अभिव्यक्ति मार्फत निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन सन्देश दिइरहेका छन् । फागुन २०७९ मा शीतलनिवासबाट बिदा भएकी भण्डारीले राजनीतिमा आउन सक्ने संकेतहरु दिइरहेकी छन् । त्यसलाई मलजल गर्दै एमाले नेताहरुले भण्डारीलाई पार्टीको भावी अध्यक्ष बनाउनुपर्ने भन्दै लबिइङ गर्न थालेपछि ओलीले चर्काे आक्रोश पोखेका छन् । एक पदाधिकारीका अनुसार, २९ साउनमा केन्द्रीय मुख्यालय च्यासलमा बसेको..

कोशी प्रदेशसभाः मध्यावधी निर्वाचनको भयमा सांसद

१ भाद्र, विराटनगर । कोशी प्रदेशसभाको शुक्रबारको बैठक डेढ महिनापछि बसेको थियो । बैठकमा सांसदहरुले शून्य समय लिएर जनताका आवाज बोल्ने प्रयास गरे । दलहरुले विशेष समय लिएर संसद्को आयु घट्न सक्ने संकेत गरे । अर्थात उनीहरुले प्रदेशसभा विघटनको संकेत गरे । नेकपा एमालेका कोशी प्रदेशसभा सदस्य राम राना मगरले त प्रदेशसभाको आयु ५/७ महिनामात्रै हुनसक्ने बताए । उनले प्रदेशसभा छिटै विघटन हुनसक्ने संकेत गरेका थिए । ‘हाम्रो आयु लामो..

पर्यटनको प्रचुर सम्भावना बोकेको ताप्लेजुङको जलजले क्षेत्र (फोटो फिचर)

१ भाद्र, ताप्लेजुङ । पर्यटनको प्रचुर सम्भावना बोकेको ताप्लेजुङ, मैवाखोला गाउँपालिका जलजले हिमाल क्षेत्र तस्विरमा (फोटो रुपेन्द्र वनेम)