म्यानमारको सैन्य हिंसा अन्त्य गर्न ‘आसियान’को आग्रह

म्यानमारको सैन्य हिंसा अन्त्य गर्न ‘आसियान’को आग्रह

१२ वैशाख, काठमाण्डौँ । दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन ‘आसियान’का नेताहरुले म्यानमारको सैन्य शासकलाई हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । शासन हत्यापछि गिरफ्तार गरिएका राजनीतिक बन्दीहरुलाई पनि रिहा गर्न उनीहरुले आग्रह गरेका छन् ।

शनिबार इन्डोनेसियाको जाकार्तामा आसियानको आकस्मिक बैठक बसेको थियो । सो बैठकमा सहभागी नेताहरुले म्यानमारका सैन्य शासकहरुले नरसंहार तत्काल बन्द गर्नुपर्ने धारणा राखेको इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई उद्धृत गर्दै अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
बैठकमा सहभागी नेताहरुले म्यानमार शासकले तत्काल सम्बन्धित पक्षसँग वार्ता गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

म्यानमारको सेनाले गत फेब्रुअरी १ तारिखमा शीर्ष नेताहरुलाई गिरफ्तार गरेर सत्ता हत्याएको थियो । सैनिक ‘कू’ भएयता भएको विरोध प्रदर्शनमा प्रहरी र सैनिकको गोली प्रहारबाट ७ सय बढीको मृत्यु भइसकेको बताइन्छ । हजारौं जना विस्थापित भएर छिमेकी देशमा शरण लिएका छन् ।

आसियानमा ब्रुनाई, कम्बोडिया, लाओस, इन्डोनेसिया, म्यानमार, थाइल्याण्ड, मलेसिया, सिंगापुर, फिलिपिन्स र भियतनाम संगठीत छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270