विशेष

कोशीको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री राईलाई
८ कात्तिक, विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूसँग भएको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई दिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् । कोशीमा ८ मन्त्री र २ राज्यमन्त्री गरी १० सदस्यीय मन्त्रिपरिषद छ ।

दमकका युवकको हत्या प्रकरणमा ‘एमाले जोडियो’, परिवारले अझै बुझेनन् शव
८ कार्तिक, दमक । झापाको दमक नगरपालिकाका–९ का देशु भनिने यामु निरौलाको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले तत्परता नदेखाएको आरोप लगाएका परिवारले शव बुझ्न मानेका छैनन् । परिवारको अडानका कारण शवको शल्य परीक्षणसमेत हुन सकेको छैन । मंगलबार अपराह्न दमक–३ स्थित मावाखोला पुल नजिकै ३५ वर्षीय निरौलाको हत्या भएको थियो । प्रहरीका अनुसार, हत्यामा चिनजानकै साथीहरूको संलग्नता रहेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ..

एमालेले सरकारलाई भन्यो : अनुसन्धान प्रभावित पार्ने गतिविधि नियन्त्रण गर
काठमाडौं । सत्तारुढ नेकपा एमालेले पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेको पक्राउ विरोधमा रास्वपाले गरिरहेको प्रदर्शनलाई लिएर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । महासचिव शंकर पोखरेलको हस्ताक्षरमा एमालेद्वारा जारी विज्ञप्तिमा संसदमा रहेका प्रमुख दलहरूको संलग्नतामा बनेको कार्यदलको सर्वसम्मत प्रतिवेदनलाई प्रतिनिधिसभाले ग्रहणगरी कार्यान्वयनको क्रममा प्रतिवेदनका आधारमा किटान गरिएका व्यक्तिरूमाथि भइरहेको अनुसन्धान, अभियोजन र न्यायिक प्रकृयालाई सहयोग गर्नु सबैको साझा कर्तव्य भएको उल्लेख गरिएको छ । पोखरामा रविको पक्षमा भइरहेको प्रदर्शनमा निषेधाज्ञाबीच..

झापाको कमलमा सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु
७ कार्तिक, झापा । झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा बुधवार साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिए । उनका अनुसार साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय..

राष्ट्रपतिको राजिनामा माग गर्दै बङ्गलादेशको राष्ट्रपति भवन कब्जा
काठमाडौं । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नौ नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको र्यालीमा राष्ट्रपतिको राजीनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो । राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बङ्ग भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरु सेनाले ब्यारिकेड लगाएर रोकेको छ । प्रदर्शनकारीहरूले बङ्गभवन बाहिर उभिएर बङ्गलादेशका राष्ट्रपतिको राजीनामा मागको..

पोखरामा आन्दोलन बाहेक घुमघामको फोटो हाले कारबाही गर्ने रास्वपाको चेतावनी
७ कात्तिक, काठमाडौं । रवि लामिछाने पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक घुमघामका फोटो पोस्ट नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सूचना पठाएको छ । रास्वपाको अनुशासन विभागले कार्यकर्ताहरुलाई पठाएको उक्त म्यासेजमा आन्दोलनको फोटो भिडियोमात्रै सामाजिक सञ्जालमा राख्न निर्देशनसमेत दिइएको छ । आन्दोलनबाहेकको पोस्ट राखे कारबाही गरिने समेत बताइएको छ । ‘पोखरामा आएका साथीहरु आन्दोलनबाहेकको घुमघामको फोटो पोस्ट गरेको पाइए कारबाही हुन्छ’, म्यासेजमा भनिएको छ, ‘सबै पार्टी सदस्यले आन्दोलनको फोटो, भिडियो..

जहाजभित्र बम रहेको झुट्टा हल्ला र धम्कीले भारतीय विमान कम्पनीहरु आक्रान्त
काठमाडौं । जहाजभित्र बम रहेको झुट्टा हल्ला र धम्कीले भारतीय विमान कम्पनीहरु आक्रान्त छन् । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो एक हप्ताभित्र मात्रै एक सयभन्दा बढी धम्की खेप्नु परेको छ । धम्की आएकामध्ये धेरैजसो असत्य हुने गरेको पाइएको हिन्दुस्तान टाइस्सले जनाएको छ । गत आइतबार मात्र एक दिनमा इन्डिगो एयर, अकाशा एयर र भिस्तारा एयरका जहाजहरुलाई लिएर २० वटा धम्की आएका थिए । यसले गर्दा विमान कम्पनीहरुले ठूलो आर्थिक क्षति पनि..

इलाममा महंगियो तरकारीको मुल्य
६ कार्तिक, इलाम । इलाममा तरकारीको मुल्य महंगिएको छ । तरकारी उत्पादन हुने जिल्ला भएपनि चाडवाडको समयमा इलाममा तरकारीको मूल्य बढेको छ । दसैंअगाडिदेखि नै बजारमा पहाडमै उत्पादन भएको आलु अभावजस्तै थियो । दसैं सकिएपछि पनि पहाडमा उत्पादन भएको आलु प्रतिकिलो ८० देखि सय रुपैयाँसम्म पुगेको छ । इलामको साप्ताहिक हाटमा गोलभेंडा प्रतिकिलो एक सय २०, प्याज प्रतिकिलो एक सय ५०, बिईं प्रतिकिलो ८०, इस्कुस प्रतिकिलो ३५, भिन्डी प्रतिकिलो दुई..

खोटाङमा पाँच मुरी भन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई पुरस्कार
६ कात्तिक, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले परम्परगत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्रै उत्पादन हुने बदामखेती प्रवर्द्धनका लागि नगरपालिकाले प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम ल्याएपछि किसान उत्साहित भएका छन् । परम्परागत बाली प्रवर्द्धनका लागि नगरसभाबाटै पारित गरिएको नीति तथा कार्यक्रमअन्तर्गत बदामखेती गर्ने किसानलाई उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गर्न नगरपालिकाले १५..

दमकको हेपाहा प्रविर्तीः चुलाचुलीको वस्ती नजिक फोहोको डंगुर, स्थानिय विरोधमा
५ कार्तिक, इलाम । झापाको दमक नगरपालिकाले फोहोर व्यवस्थापनको नाममा सिमावर्ती बस्ती नजिक फोहोर फ्याक्न थालेपछि चुलाचुलीका स्थानियले विरोध गरेका छन् । इलामको चुलाचुली गाउँपालिकासंग सिमाना जोडिएको दमक नगरपालिकाले फोहोर नविकरण गर्ने भन्दै चुलाचुली वडा नं. ५ को बस्ती नजिक ल्याण्डफिल्ड साईड बनाएको थियो । तर सो ल्याण्डफिल्ड साईड संचालनमा आउन नसक्दा फोहोर वस्ती छेउका जंगलमा अव्यवस्थित रुपले फ्याक्न थालिएको छ । सिमावर्ती वस्ती नजिक अव्यवस्थीत रुपमा फोहोर फ्याक्न थालिएपछि..