दमकको हेपाहा प्रविर्तीः चुलाचुलीको वस्ती नजिक फोहोको डंगुर, स्थानिय विरोधमा

दमकको हेपाहा प्रविर्तीः चुलाचुलीको वस्ती नजिक फोहोको डंगुर, स्थानिय विरोधमा

५ कार्तिक, इलाम । झापाको दमक नगरपालिकाले फोहोर व्यवस्थापनको नाममा सिमावर्ती बस्ती नजिक फोहोर फ्याक्न थालेपछि चुलाचुलीका स्थानियले विरोध गरेका छन् । इलामको चुलाचुली गाउँपालिकासंग सिमाना जोडिएको दमक नगरपालिकाले फोहोर नविकरण गर्ने भन्दै चुलाचुली वडा नं. ५ को बस्ती नजिक ल्याण्डफिल्ड साईड बनाएको थियो । तर सो ल्याण्डफिल्ड साईड संचालनमा आउन नसक्दा फोहोर वस्ती छेउका जंगलमा अव्यवस्थित रुपले फ्याक्न थालिएको छ ।

सिमावर्ती वस्ती नजिक अव्यवस्थीत रुपमा फोहोर फ्याक्न थालिएपछि अहिले बस्तीमा झाडापखाला, ज्वरो, डेङ्गु जस्ता रोगको लक्षण र संक्रमितको संख्या धेरै देखीएको भन्दै चुलाचुलीका स्थानिय सहित वडा नं. ५ कार्यलयले ध्यानाकर्षण सहित आज दमक नगरपालिकालाई सो कार्य रोक्न माग गरेका छन् । फोहोर व्यवस्थापन केन्द्र एकातिर बनाएर अर्कोतिर जंगलमा फोहोर फ्याक्नाले स्थानियदेखी दमक चिसापनी सडकमा यात्रा गर्ने यात्रुसम्मलाई धेरै समस्या भएको सो ध्यानार्कषण पत्रमा उल्लेख गरिएको छ ।

यसरी सिमावर्ती क्षेत्रको मानव बस्ती छेउमा अव्यवस्थित रुपमा फोहोर थुपार्नु फोहोर मैला व्यवस्थापन ऐन २०६८ को समेत बर्खिलाप रहेको भन्दै तत्काल सो कार्यको दिर्घकालिन सामधानको विकल्प खोज्न स्थानिय सहित चुलाचुली वडा ५ कार्यलयले दिएको ध्यानाकर्षण पत्रमा लेखिएको छ ।

दिर्घकालिन सामधानको रुपमा सो फोहोरमैला ब्यवस्थापन केन्द्रलाई अन्यत्र सार्नुपर्ने भन्दै तत्काल स्थानान्तरणको प्रकृया सुरु गर्न आग्रह गरिएको छ । स्थानियको यस आग्रहलाई दमक नगरपालिकाले वेवास्ता गरे चुलाचुली ५ का स्थानिय विरोध र अवरोधमा समेत अघि बढ्ने चेतावनी पनि दिईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270