विशेष

काँकरभिट्टा नाकाबाट पर्यटकको आगमन बढ्यो
१४ कार्तिक, झापा । पूर्वीनाका काँकरभिट्टाबाट पर्यटकको आगमन बढेको छ । विगत दुई महिनामा यहाँबाट आठ सय ९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ । कोरोना महामारीपछि चार वर्षसम्म अवरुद्ध रहेको पर्यटक आवागमन दुई महिनाअघि मात्र खुल्ला भएको थियो । सन् २०२४ को सेप्टेम्बर महिनामा यस नाका भएर दुई सय ८७ जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख तुलसी भट्टराईले..

मदन भण्डारी राजमार्ग अन्तर्गत चुलाचुली देखि माईसम्मको काम सुरु हुने
१४ कार्तिक, झापा । निर्माणाधिन मदन भण्डारी राजमार्ग अन्तर्गत चुलाचुली गाउँपालिकाको कमल खोलादेखि माइ नगरपालिकासम्म सडक निर्माणका काम सुरु हुने भएको छ । आज शिवसताक्षी नगरपालिकाको दूधेमा मदन मण्डारी राजमार्ग आयोजना अन्तर्गत उक्त क्षेत्रको आइईई प्रतिवेदन सार्वजनिक गरेको हो । वि.सं. २०७५ साल जेठ ०६ गते मन्त्री परिषदको निर्णय अनुसार चुरिया क्षेत्र र भित्री मधेशका उपत्यकाहरु जोड्नका लागि मदन भण्डारी राजमार्गको अवधारण ल्याएको थियो । जसले पूर्व झापाको बाहुण्डागीदेखि भित्री..

एमाले अधिवेशन- माईमा मुखराज, फाकफोकथुममा अर्जुन
१३ कार्तिक, माई . नेकपा (एमाले) फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा अर्जुनकुमार लिम्बू निर्वाचित भएका छन् । गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले उपाध्यक्षमा टेकबहादुर खपांगी, सचिवमा ओमप्रसाद खनाल र उपसचिवद्वयमा होमकुमार लायोमगर र कविता राईलाई चयन गरेको छ । पार्टी गाउँ कमिटीका निवर्तमान अध्यक्ष नवीन मगरको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन एमाले केन्द्रीय सदस्य रामबहादुर रानामगरले गरेका थिए । यस्तै, माई नगरपालिकाको एमाले अध्यक्षमा मुखराज आङ्देम्बे चयन भएका छन् । उपाध्यक्षमा राजकुमार गड्तौला, उपसचिवमा..

रवि विरुद्ध ओलीको टिप्पणी- खाने बेलामा आँखा नदेख्ने, अरुलाई गाली गर्ने ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध तिखो टिप्पणी गरेका छन् । आज एक कार्यक्रममा बोल्दै उनी विपक्षी दुई दल नेकपा माओवादी केन्द्र र रास्वपामाथि खनिएका थिए । राष्ट्रिय सुरक्षा तथा विकासमा भूपू सुरक्षाकर्मीहरुको भूमिका विषयक विचार गोष्ठीमा ओलीले राजनीतिक प्रचण्ड र लामिछानेलाई निशाना बनाए । ओलीको भाषणका केही अंशः अहिले अराजकता फैलाउने प्रयास बेस्सरी भएको छ । अदालतअगाडि गएर उफ्रिएको छ,..

सत्ता गठबन्धनले भन्यो- भिड जम्मा गरेर न्यायालयमाथि दबाब दिने गतिविधि विधिको शासन विपरीत
काठमाडौं । केपी ओली नेतृत्वको सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा भइरहेको आन्दोलनलाई लिएर असहमति प्रकट गरेको छ । आज बसेको सत्तारुढ दलहरूको बैठकले प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावित गर्न खोजिएको भन्दै असहमति जनाएको हो । बैठकपछि जारी ६ बुँदे साझा विज्ञप्तिको चौंथो बुँदामा यो विषय समेटिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तयार पारेको सर्वसम्मत प्रतिवेदनका आधारमा अनुसन्धान..

आन्दोलन जारी राख्ने रास्वपाको निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो । बैठक शनिबार पनि बस्ने गरी स्थगित भएको नेता मनिष झाले जानकारी दिए । आन्दोलनको कार्यक्रमको स्वरूपबारे विवरण शनिबार सार्वजनिक गरिने उनले बताए । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रबार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको थियो ।

अभियुक्त पक्राउन नपरेसम्म शव नउठाउने परिवारको अडान
९ कार्तिक, झापा । झापाको दमक ३ स्थित बेलडाँगी–मधुमल्ला सडक खण्ड अन्तर्गत मावा खोला किनारमा मंगलबार हत्या गरिएका देशु भनिने यमु निरौलाको शव उठाउन परिवारले इन्कार गरेका छन् । अहिले मृतक निरौलाको शव दमक अस्पतालको शव गृहमा राखिएको छ । पीडित परिवारले मुख्य अभियुक्तलाई समाएर कानुनी दायरामा नल्याएसम्म शव नउठाउने मृतकका दाजु नवराज निरौलाले बताए । बुधबार इप्रका दमकमा दिएको किटानी जाहेरीमा दमक–८ का बुद्धि थापा, दमक–३ का शेरबहादुर नेम्वाङ,..

बक्यौता नतिर्ने उद्योगको बारेमा माथिबाट निर्देशन नआएपछि लाईन काटियोः कुलमान घिसिङ
९ कार्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तीन महिनासम्म पनि विद्युतको बक्यौता नतिरेपछि र माथिल्लो निकायबाट लिखित निर्देशनपनि नआएपछि आफूहरुले बक्यौता नतिर्ने उद्योगको लाईन काटेको स्पष्ट पारेका छन्। आज विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा घिसिङले भने,‘हामीलाई लिखितमा कतैबाट निर्देशन आएको छैन् । प्रधानमन्त्रीज्यूले पनि निर्देशन दिनुभएको छैन् ।’ विद्युतको महशुस उठाउनुपर्छ भनेर सबैले भनिराखेको उनले सुनाए । उनले आफूहरुले पटक पटक विद्युत महशुस उठाउनको लागि ताकेता..

गुडीरहेको गाडीमा आगजनी गर्ने ९ जना जेलचलान
८ कार्तिक, झापा । झापाको विर्तामोडमा ट्रकमा आगो लगाएर चालकको हत्या गरेको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका ९ जना जेल चलान भएका छन् । कर्तव्य ज्यान मुद्दामा उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो । बयानका लागि झापा जिल्ला अदालत उपस्थित गराइएका उनीहरूलाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताउनुभयो । ज्यान मुद्दामा कारागार चलान हुनेहरूमा हल्दिबारी –१ स्थायी ठेगाना..

तीन बुँदे सहमतिपछि लयमा फर्कियो केरखा
बिर्तामोड । बसको ठक्करबाट दुई जनाको घटनास्थलमै ज्यान गएपछि तनावपूर्ण बनेको केरखाको वातावरण आज विहानबाट लयमा फर्किएको छ । हिजो साँझबाट तनावपूर्ण बनेको केरखा विहानसम्म अशान्त थियो । मृतकको परिवार र प्रशासनबीच तीन बुँदे सहमति भएसँगै केरखा क्षेत्रका आक्रोसित भीड हटेको छ । दुई जनाको ज्यान गएपछि आक्रोसित सो क्षेत्रको बजार खुलेको छ भने पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन खुला गरिएको छ । बसको ठक्करबाट कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर..