बजेट परिचालनमा प्रदेश–१ सरकार सफलः खुद बजेटको ९९.४२ प्रतिशत खर्च

९ श्रावण, विराटनगर । प्रदेश–१ सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद बजेटको ९९ दशमलव ४२ प्रतिशत खर्च गर्न सफल भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारी अनुसार प्रदेशको खुद आम्दानी रु ३० अर्ब छ करोड ६७ लाख ६३ हजार ९४५ मा सिमीत हुँदा रु २९ अर्ब ८९ करोड १० लाख १३ हजार ४०५ रुपैयाँ खर्च भएको हो । प्रदेश–१ सरकारले रु ४२ अर्ब २० करोड ४ लाख..

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव अनिश्चित

८ श्रावण, काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा अनिश्चित भएको छ । सरकारले महासंघको साधारणसभा गर्ने स्वीकृति दिन ढिलाई गरेको भन्दै महासंघले श्रावण २६ र २७ गतेका लागि घोषणा गरिएको साधारणसभा स्थगित गरिएको महासंघकी अध्यक्ष भवानी राणाले बताउनुभयो । महासंघको आज बसेको कार्यसमिति बैठकले मन्त्रिपरिषद्बाट स्वीकृत भएको १५ दिनभित्र साधारणसभा बोलाउनेगरी घोषित साधारणसभा स्थगित गर्ने निर्णय गरेको बताईएको छ । तर मन्त्रिपरिषद्को निर्णय अनिश्चित रहेकोले महासंघको चुनाव पनि अनिश्चित..

झापाको मेचीनगर नगरपालिकामा प्रदेशकै सवैभन्दा कम बेरुजु

८ श्रावण, झापा । महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्रदेश १ मा सवैभन्दा कम बेरुजु झापाको मेचीनगर नगरपालिकाको देखिएको छ । मेचीनगरको वेरुजु प्रतिशत शून्य दशमलव ०३ प्रतिशत मात्र छ । मेचीनगर नगरपालिकाको २ अर्व ६४ करोड ३१ लाख २ हजारको लेखा परीक्षण गर्दा ८ लाख ९३ हजार वेरुजु देखिएको हो । झापाको १५ स्थानीय तह मध्ये गौरादह नगरपालिकाको सबैभन्दा धेरै बेरुजु देखिएको छ । गौरादह नगरपालिकामा..

एनआईसीको लकडाउन कोशेलीः तीन सुपर चामत्कारिक कर्जा योजना

२ श्रावण, झापा । एनआईसी एसिया बैंकले न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चामत्कारिक कर्जा योजनाहरु सार्वजनिक गरेको छ । बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा घर कर्जा, सवारी कर्जा र ब्यवसाय कर्जा उपलब्ध गराउने र उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको जनाइएको छ । आज एनआईसी एसिया बैंकको क्षेत्रिय कार्यलय दमक झापाले पत्रकार सम्मेलनको आयोजना गरी ३ महत्वपूर्ण योजनाहरु सार्वजनिक गरेको..

मौद्रिक नीति सार्वजनिकः कोरोना प्रभावितलाई विशेष राहतसहितको व्यवस्था

२ श्रवण, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले कोरोना प्रभावितलाई विशेष राहतसहितको व्यवस्था गरेको छ । नीतिले कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चालिएका कदमको कारण पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जनलगायत पेशा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र ब्याज तिर्ने समय अवधि थप भएको छ । बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई मध्यनजर गर्दै कर्जा भुक्तानी अवधिको म्याद थप..

मेची भन्सारद्धारा लक्ष्य भन्दा ३६ दशमल ८८ प्रतिशत कम राजस्व संकलन

१ श्रवाण, झापा । नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा पूर्वीनाका भएर सुपारी, मरीज, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाए लगत्तै त्यसको असर राजस्व असुलीमा परेको छ । नेपाल सरकारले २०७६ चैत्र १६ गते काँकरभिट्टा नाका भएर आयात हुने यी वस्तुको आयात प्रतिवन्ध गरेसँगै प्रदेश–१ मा सर्वाधिक राजस्व संकलन गर्ने पूर्वको मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा प्रभाव परेको छ । भन्सार अधिकारीहरका अनुसार भन्सार कार्यालय गत आर्थिक वर्ष २०७६÷०७७..

असार मसान्तसम्म शनिवार पनि बैंक खुल्ने

२७ असार, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार आज पनि बैंक तथा वित्तिय संस्था खुल्ने भएका छन् । राष्ट्र बैंकले चालु आर्थिक बर्षको असार मसान्त सम्म शनिबार तथा सार्वजनिक बिदाको दिनसमेत बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएपछि आज बैंक बन्द नहुने भएको हो । सधैको जस्तै कार्यालय समयमा बैंक खुल्ने जनाइएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्म राजस्व बुझाउनुपर्ने भएकाले केन्द्रीय बैंकले उक्त निर्देशन दिएको हो..

निजि विद्यालयले शुल्क माग्न थाल्यो, विद्यार्थी संगठन र अभिभावकको विरोध

८ असार, काठमाण्डौँ । संस्थागत विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरुको शुल्क तिर्न आह्वान गरेसँगै अभिभावकहरु दबाबमा परेका छन् । कोरोना संक्रमणको महामारीका बीच कसरी बच्ने भन्ने चिन्ता एकातिर छँदैछ, अर्काेतिर लामो समयदेखिको लकडाउनका कारण कतिपयको आम्दानी बन्द भएको छ । जीविकोपार्जनमै चुनौती थपिएको समयमा निजी विद्य ालयहरुले शुल् कका लागि ताकेता गर्दा कयौं अभिभावकमा मानसिक तनाब बढ्न थाल्नु स्वाभाविक पनि हो । संस्थागत विद्यालयहरुबाट राज्यले सामान्य अवस्था कर असुल..

कोरोना कहरः आर्थिक व्यवस्था डामाडोल, पर्यटन र शिक्षा क्षेत्र चौपट

८ असार, काठमाण्डौँ । कोरोना महामारीका कारण विश्वमा लाखौंको रोजगारी गुमेको छ । नेपालको संर्दभमा विशेषगरी पर्यटन र शैक्षिक संस्थामा काम गर्नेहरु धेरै प्रभावित भएका छन् । निजी शैक्षिक संस्थामा काम गर्नेहरु अधिकांशले वैशाख यता तलब नै पाएका छैनन् । कतिपयको रोजगारी नै गुमेको छ । पर्यटन व्यवसायको कारोवार पनि फाल्गुन महिना यता शुन्य जस्तै छ । सिजनमै कोरोना कहरले होटल, रिसोर्ट, ट्रेकिङ व्यवसाय ठप्प भएपछि लाखौं मानिसको रोजगारी गुमेको..

प्रदेश–१ ले ल्यायो ४० अर्ब ८९ करोड ९९ लाखको बजेट

१ आश्विन, विराटनगर । प्रदेश–१ सरकारले आगामि आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा पेश गर्नुभएको बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालूतर्फ र पूँजीगत तर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३ दशमलव ७१ प्रतिशत विनियोजन गरिएको छ । यस्तै वित्तिय..