झापाको मेचीनगर नगरपालिकामा प्रदेशकै सवैभन्दा कम बेरुजु

झापाको मेचीनगर नगरपालिकामा प्रदेशकै सवैभन्दा कम बेरुजु

८ श्रावण, झापा । महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्रदेश १ मा सवैभन्दा कम बेरुजु झापाको मेचीनगर नगरपालिकाको देखिएको छ । मेचीनगरको वेरुजु प्रतिशत शून्य दशमलव ०३ प्रतिशत मात्र छ । मेचीनगर नगरपालिकाको २ अर्व ६४ करोड ३१ लाख २ हजारको लेखा परीक्षण गर्दा ८ लाख ९३ हजार वेरुजु देखिएको हो ।

झापाको १५ स्थानीय तह मध्ये गौरादह नगरपालिकाको सबैभन्दा धेरै बेरुजु देखिएको छ । गौरादह नगरपालिकामा मात्रै ५ दशमलव २० प्रतिशत बेरुजु देखिएको हो ।

प्रदेश १ का अन्य जिल्लाको तुलनामा झापाका स्थानीय तहहरुमा वेरुजु कम देखिएको छ । झापाका १५ वटा स्थानीय तहहरुमध्ये कनकाईको शून्य दशमलव १७ प्रतिशत, अर्जुनधाराको शून्य दशमलव ६० प्रतिशत, कचनकवलको शून्य दशमलव ४७ प्रतिशत, बाह्रदशीको शून्य दशमलव ९३ प्रतिशत वेरुजु रहेको छ ।

त्यस्तै भद्रपुर नगरपालिकामा २ दशमलव २१ प्रतिशत वेरुजु रहेको छ । शिवसताक्षी नगरपालिकामा १ दशमलव ५ शून्य, बिर्तामोड नगरपालिकामा १ दशमलव ५३ प्रतिशत वेरुजु रहेको छ । कमल गाउँपालिकामा १ दशमलव ०९ प्रतिशत, वुद्धशान्ति गाउँपालिकामा १ दशमलव ३६ प्रतिशत, हल्दिवारी गाउँपालिकामा १ दशमलव ०५ , दमक नगरपालिकामा १ दशमवल ५०, झापा गाउँपालिकामा १ दशमलव १६ र गौरीगञ्ज गाउँपालिकामा २ दशमलव ०९ प्रतिशत वेरुजु रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर