नेपाल उद्योग वाणिज्य महासंघको चुनाव अनिश्चित

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव अनिश्चित

८ श्रावण, काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा अनिश्चित भएको छ । सरकारले महासंघको साधारणसभा गर्ने स्वीकृति दिन ढिलाई गरेको भन्दै महासंघले श्रावण २६ र २७ गतेका लागि घोषणा गरिएको साधारणसभा स्थगित गरिएको महासंघकी अध्यक्ष भवानी राणाले बताउनुभयो ।

महासंघको आज बसेको कार्यसमिति बैठकले मन्त्रिपरिषद्बाट स्वीकृत भएको १५ दिनभित्र साधारणसभा बोलाउनेगरी घोषित साधारणसभा स्थगित गर्ने निर्णय गरेको बताईएको छ ।

तर मन्त्रिपरिषद्को निर्णय अनिश्चित रहेकोले महासंघको चुनाव पनि अनिश्चित बनेको हो ।

सरकारले गएराती देखी एक सय २० दिन लामो बन्दाबन्दी अन्त्य गरे पनि हाललाई सभा–समारोह तथा लामो दूरीका सवारीसाधन सञ्चालन गरेको छैन । सोही कारणले हालसम्म सरकारले साधारणसभाको स्वीकृति नदिएको हुनसक्ने कार्यसमिति बैठकले निष्कर्ष समेत निकालेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर