अर्थमन्त्रीमा युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओली

अर्थमन्त्रीमा युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओली


१५ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने संकेत दिनुभएको छ ।

शनिबार राति पत्रकार ऋषि धमलासँगको विशेष अन्तर्वार्तामा ओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उहाँलाई नै निरन्तरता दिने संकेत गर्नुभएको हो । ओलीले खतिवडाबारे २–४ दिनमा निर्णय हुने भन्दै उहाँले राम्रो काम गरिरहेको स्पस्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले राम्रो काम गर्नुभएको छ भन्ने प्रश्नमा ओलीले भन्नुभयोे, ‘राम्रो काम गर्नुभएको छ !’ उहाँको कार्यशैलीलाई लिएर बाहिर असन्तुष्टिहरु पनि बाहिर आइरहेको छ नि भन्ने धमलाको प्रतिप्रश्नमा उहाँले भन्नुभयो, ‘कार्यशैली त कसको कसलाई मन पर्दैन त्यो कसरी भन्न सकिन्छ र ! केहीले मन पराउँछन् कसैले मन पराउँदैनन्न, कसैलाई बेसी पनि मनपर्छ । सत्य जे हो, त्यही अनुसार चल्नुपर्छ ।’

युवराज खतिवडाले भन्दा अर्काे अर्थमन्त्रीले राम्रो गर्ला भन्ने आफूलाई लागेमा फेर्न सक्ने भएपनि अहिलेसम्म उहाँको कार्यसम्पादन सन्तोषजनक भएको ओलीले बताउनुभयो ।

फाल्गुन २० गते दोस्रो पटक मन्त्रीको रूपमा शपथ लिनुभएका खतिवडाले सङ्घीय संसदको सदस्य नरहे अब भाद्र २० सम्ममात्रै काम गर्न पाउँनुहुन्छ ।

संविधानको धारा ७८ ले सङ्घीय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री पदमा नियुक्त गरेमा त्यसको ६ महिनाभित्र सङ्घीय संसदको सदस्यता लिनुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर