समाज

शेखर कोइराला पक्षले देउवालाई बुझायो चार जना मन्त्रीको नाम
३० असार, काठमाण्डौँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले चार जना नै मन्त्रीको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको छ । कोइराला पक्षले प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी, तेजुलाल चौधरीको नाम सभापति देउवालाई बुझाएको हो । आजै बसेको कोइराला पक्षको बैठकले आफ्नो समूहबाट ४ जना मन्त्री चाहिने निष्कर्ष निकालेको थियो । त्यस्तै कांग्रेसले गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय गरेको छ । कांग्रेसले..

प्रधानमन्त्री नियुक्त भएपछि पुर्वराष्ट्रपति भण्डारी भेट् पुगे ओली
३० असार, काठमाण्डौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भण्डारी निवास चपली पुगेका ओलीलाई भण्डारीले बधाई तथा सफलताको शुभकामना दिएकी भेटमा सहभागी एमाले नेता दीपक निरौलाले जानकारी दिए । ओली राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति लिएलगत्तै भण्डारीलाई भेट्न गएका थिए । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारेमा पनि अनौपचारिक छलफल भएको निरौलाले बताए ।

सत्तामा ओलीको इन्ट्रीः परमादेशबाट बहिर्गमन, जनादेशबाट पुनरागमन
३० असार, काठमाण्डौँ । संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री ओली नेपाली राजनीतिको केन्द्रमा रहेका एक राजनीतिज्ञ हुन् । प्रधानमन्त्री ओलीलाई देशका प्रमुख राजनीतिक पार्टी कांग्रेस र एमालेको प्रस्तावमा करिब दुईतिहाइको समर्थनमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको..

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले दिए सबैलाई धन्यवाद
३० असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नियुक्त भएपछि धन्यवाद ज्ञापन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेपछि सबैलाई सम्मान र धन्यवाद दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद !’ चौथो पटक प्रधानमन्त्री बनेका ओलीको पद तथा गोपनीयताको शपथ सोमबार ११ बजे हुनेछ । कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका..

झापा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
२९ असार, झापा । झापालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आज आयोजित कार्यक्रममा यस्तो घोषणा गरिएको हो । कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीले प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गर्ने गरी अभियान अगाडि बढेको बताए । यही असार ३० गते प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्न लागिएको जानकारी दिदैं उनले यस..

ओलीको प्रधानमन्त्री नियुक्ति र सपथग्रहण आईतबार मात्रै हुने
२८ असार, काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार ५ बजेसम्मको समय दिइएकाले नियुक्ति पनि सोही दिन गर्ने समझदारी भएको स्रोतले जनाएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाइसकेका छन् । शीतल निवास स्रोतका अनुसार आइतवार ओलीको नियुक्ति हुनेछ र सोही साँझ सपथग्रहण समेत हुनेछ..

दाबी पेश गरेर देउवा–ओली सहितका नेताहरु शीतल निवासबाट बाहिरिए
२८ असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको लागि दाबी पेश गरेर कांग्रेस र एमालेका नेताहरु शीतल निवासबाट बाहिरिएका छन् । कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष ओलीले दुई दलको समर्थनसहितको दाबी पेश गरेका छन् । राष्ट्रपतिले आवश्यक प्रक्रिया पूरा गरेर आजै रातिसम्म ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

त्रिशूलीमा खसेका बस र यात्रुहरुको अवस्था अझै अज्ञात
२८ असार, काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको अवस्था अझै अज्ञात रहेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको टोलीले दिनभरी खोजी कार्य जारी राखेपनि यात्रुहरु फेला पार्न नसकेको हो । दुर्घटना स्थलमा सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २५ जना गरी ७० जना परिचालित..

झापामा मिटरब्याज सम्बन्धी ८३ उजुरी दर्ता
२८ असार, झापा । झापा जिल्लामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ८३ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयमा उक्त उजुरी दर्ता भएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाइँका अनुसार आयोगले पहिलो पटक सूचना सार्वजनिक गरेको मिति गत जेठ ११ गतेदेखि हालसम्म उक्त उजुरी परेका हुन् । उहाँका अनुसार आगामी साउन ४ गतेसम्मका लागि म्याद थप भएकाले उजुरी गर्नेको सङ्ख्या बढ्न सक्ने अनुमान छ..

पहिरोमा पुरिएर कास्कीमा ११ जनाको मृत्यु
२८ असार, कास्की। निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको मृत्यु भएको छ । कास्कीको ३ ठाउँमा भएको घटनामा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । पोखरा महानगरपालिका(१९ पुरनचौर तल्लाकोट टारीस्थित कुलबहादुर परियारको एकतले ढुँगामाटोले बनेको घर गएराति साढे १० बजे पछाडिबाट पहिरो खसेर पुरिदा ६ जनाको मृत्यु भएको एसपी थापाले बताए । घटना परी कुल बहादुर परियार, ४३ वर्षीया..