प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले दिए सबैलाई धन्यवाद

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले दिए सबैलाई धन्यवाद


३० असार, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नियुक्त भएपछि धन्यवाद ज्ञापन गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेपछि सबैलाई सम्मान र धन्यवाद दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सबैमा सम्मान, सबैलाई धन्यवाद !’

चौथो पटक प्रधानमन्त्री बनेका ओलीको पद तथा गोपनीयताको शपथ सोमबार ११ बजे हुनेछ । कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गरेका थिए । कांग्रेस एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समेत साथ छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर