३० असार, काठमाण्डौँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले चार जना नै मन्त्रीको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको छ । कोइराला पक्षले प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी, तेजुलाल चौधरीको नाम सभापति देउवालाई बुझाएको हो ।
आजै बसेको कोइराला पक्षको बैठकले आफ्नो समूहबाट ४ जना मन्त्री चाहिने निष्कर्ष निकालेको थियो ।
त्यस्तै कांग्रेसले गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय गरेको छ ।
कांग्रेसले अरु मन्त्रीको टुंगो भोलि लगाउने श्रोतले बताएको छ ।