समाज

चुलाचुलीमा किरात संग्रहालय निर्माणका लागि राई परिवारले गरे जग्गा दान
९ फाल्गुन । इलामको चुलाचुली गाउँपालिका वडा न. ५ मा किरात सांस्कृतिक संग्रहालय निर्माणका लागि स्थानिय राई परिवारले करिव अढाई कठ जमिन दान गरेका छन् । चुलाचुली वडा न. ५ बरबोटे टोल निवासी स्थानिय श्रीबहादुर याङ्मा राईले आफुले चासभोग गर्दे गरेको करिव अढाई कठठ जमिन संग्राहलय निर्माणका लागि भन्दै निःशुल्क रुपमा उपलब्ध गराउनुभएको हो । स्थानिय टोल विकाश समितीका अध्यक्ष कमिक राई, किरात सांस्कृतिक संग्राहलय निर्माण तदर्थ समितीका अध्यक्ष निशेष..

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वृहत सरसफाई कार्यक्रम सम्मपन्न
७ फाल्गुन, झापा । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा झापाको कमल गाँउपालिकामा वृहत सरसफाई कार्यक्रम सम्मपन्न भएको छ । ६० औँ राष्ट्रिय प्रजातन्त्र दिवसको दिन आज कमल गाउँपालिका ५ मंगलवारे वजारदेखि पाडाजुंगी चौंक सम्मको सडक तथा वजार क्षेत्रमा सरसफाई गरिएको हो । वडा कार्यालय तथा नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको समन्वय स्थानीय स्मारिका सामुदायिक बोर्डिङ स्कुलको जुनियर रेडक्रस सर्कलको आयोजनामा सो सचेतनामूलक सरसफाई कार्यक्रमसम्पन्न भएको हो । सरसरफाईमा विद्यार्थीसहित स्थानीय सामाजिक..

प्रधानमन्त्रीको गृहनगरमा प्रदेशकै अग्लो महादेवको प्रतिमा बन्दै
५ फाल्गुन, झापा । प्रधानमन्त्री केपि शर्मा ओलीको गृहनगर समेत रहेको झापाको दमकमा प्रदेशकै अग्लो महादेवको प्रतिमा वन्ने भएको छ । दमक ५ स्थित धनेश्वर महादेव पञ्चायन मन्दिर परिषरमा ३५ फूट अग्लो प्रदेशकै अग्लो शिवजीको प्रतिमा बन्ने भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । न्गरलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गराउने उद्देश्यले करिव ४० लाख रुपैँयाको लागतमा महादेवको प्रतिमा बनाउन लागिएको मन्दिरका अध्यक्ष रुद्र कार्कीले बताउनुभयो । मन्दिरमा गत फागुन २..

इलामको चुलाचुलीमा आजबाट दादुरा रुवेला विरुद्धको अभियान सुरु
५ फाल्गुन । दादुरा रुवेला राष्ट्रीय अभियान अन्तर्गत इलामको चुलाचुलीमा पनि आजबाट दादुरा रुवेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ । अभियानको पहिलो चरण अन्तर्गत चुलाचुलीमा आजबाट ९ महिनादेखी ६ बर्ष उमेर समुहका वालवालिकालाई खोप लगाउन सुरु गरिएको चुलाचुली गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख दुस्यान्त दाहालले जानकारी दिनुभयो । चुलाचुली १ कमल स्थित जनता मा.वि.को प्रङ्गणमा एक औपचारीक कार्यक्रमको आयोजनागरी अभियानको शुभारम्भ गरिएको थियो । चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई र..

पूर्व सभामुख महराले पाए सफाई
५ फाल्गुन काठमाण्डौ । जवरजस्ती करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा परेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट आज भएको फैसलामा महराले सफाइ पाएका हुन् । महराको मुद्धामा हिजो नै फैसला हुने भनिएपनि समय अपुग भएको भन्दै हेर्दाहेर्दैको अवस्थामा राखिएको थियो । हेर्दाहेर्दैको अवस्थामा राखिएको मुद्दाको आज गरिएको फैसला महराको पक्षमा आएको हो । संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा..

आउदो फाल्गुन ७ देखि दमकमा छैठौँ फुड फेस्टिबल
५ फाल्गुन । झापाको दमकमा यस बर्ष पनि फुड फेस्टिबलको आयोजना हुने भएको छ । होटल ब्यवसाही संघ दमकको आयोजनामा आउदो फागुन ७ गतेदेखि ११ गतेसम्म दमक ६ स्थित बसपार्कमा छैठौँ फुड फेस्टिबलको आयोजना हुने पत्रकार सम्मेलन गरी होटल ब्यवसायी संघ दमकले जनाएको छ । नेपाल भ्रमण २०२० लाई लक्षित गर्दै दमकमा आन्तरीक तथा बाह्य पर्यटक भित्याउने उद्धेश्यले सो फेष्टिवलको आयोजन गर्न लागिएको होटल ब्यासायी संघ दमकका अध्यक्ष राजन दंगालले..

प्रधानमन्त्रि ओली भोली फागुन ४ गते गृह नगर दमक आउदै, केके छन् त कार्यक्रम ?
३ फाल्गुन, झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्रि केपि शर्मा ओली भोली फाल्गुन ४ गते आफ्नो गृह जिल्ला झापाको दमक आउनुहुने भएको छ । दमकमा निर्माण सम्पन्न भएका योजना तथा निर्माण हुन लागेका योजनाहरुको उद्घाटन तथा शिलान्यासका लागि प्रधानमन्त्रि ओली गृह नगर आउन लागेको उहाँको सचिवालय सदस्य होम थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रि ओली भद्रपुर हुँदै दमक आउने र एकै दिनमा दमकका विभिन्न चारवटा कार्यक्रममा..

इलाममा पनि मनाईयो २५ औं जनयुद्ध दिवस
१ माघ, इलाम । नेपालमा भकाएको १० बर्षे जनयुद्धको सम्झनामा आज २५ औं जनयुद्ध दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ । तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु गरेको दिनलाई ‘जनयुद्ध दिवस’ का रुपमा मनाइदैँ आएको थियो । तर नेपालमा नेकपा एमाले र नेकपा माओवादीको एकीकरण पछि नेपाल कम्युनिष्ट पार्टीले उक्त दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउने निर्णय गरेपछि आज देशभर विभिन्न कार्यक्रम गरि दिवश मनाईएको..

राजिव ढुङ्गानालाई चुनावी मैदानमा आफुसंग लड्न अनेरास्ववियूका नेता आलमको चेतावनी
१ चौत्र, इलाम । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका केन्द्रिय सदस्य वासिम आलमले नेपाल विद्यार्थी संघका सभापती राजिव ढुङ्गानालाई महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा आफुसंग चुनावी मैदानमा उत्रन चेतावनी दिनुभएको छ । अनेरास्ववियू महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले स्नातक प्रथम बर्षको विद्यार्थीलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा आलमले यस्तो चेतावनी दिनुभएको हो । ‘यो वा त्यो वहानामा नेवि संघ चुनाव नगराउने मनसायमा रहेको कुरो स्पष्ट छ..

चैत्र दोस्रो सातामा भएपनि स्ववियु निर्वाचन हुन्छः अनेरास्ववियू सह–संयोजक तामाङ
१ चैत्र, इलाम । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन कुनै पनि हालतमा हुनु पर्नेे अनेरास्ववियूका केन्द्रिय सह–संयोजक रन्जित तामाङ्ले बताउनुभएको छ । अनेरास्ववियू महेन्द्र रत्न बहुमुखी क्याम्पस कमिटी इलामले आज आयोजना गरेको स्वगत कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नेपाली विद्यार्थी आन्दोलनको एक उपलब्धी स्ववियु निर्वाचन आजको अपरिहार्यता रहेको तामाङ्ले कार्यक्रममा बताउनुभयो । कार्यक्रममा अर्को प्रसङ्गमा बोल्दै उहाँले स्ववियुको निर्वाचनबाट नेपाल विद्यार्थी संघ डराएर भाग्न खोजेको आरोप लगाउनुभयो । उहाँले..