५ फाल्गुन । झापाको दमकमा यस बर्ष पनि फुड फेस्टिबलको आयोजना हुने भएको छ । होटल ब्यवसाही संघ दमकको आयोजनामा आउदो फागुन ७ गतेदेखि ११ गतेसम्म दमक ६ स्थित बसपार्कमा छैठौँ फुड फेस्टिबलको आयोजना हुने पत्रकार सम्मेलन गरी होटल ब्यवसायी संघ दमकले जनाएको छ ।
नेपाल भ्रमण २०२० लाई लक्षित गर्दै दमकमा आन्तरीक तथा बाह्य पर्यटक भित्याउने उद्धेश्यले सो फेष्टिवलको आयोजन गर्न लागिएको होटल ब्यासायी संघ दमकका अध्यक्ष राजन दंगालले बताउनुभयो । जसमा ५० हजार जनाले अवलोकन गर्ने आयोजकको लक्ष रहेको बताईएको छ ।
फेस्टिवलमा ५० वटा स्टलहरु रहने आयोजकले बताएको छ । सो स्टलहरुमा विभिन्न जातजातीका परिकार सहित दमकका होटलहरुका आ–आफ्नो विशेष परिकारहरु खान पाईने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
यस्तै स्थानिय स्तरमा उत्पादन भएका कृषि तथा घरेलु उत्पादनका सामाग्रीहरुको समेत प्रदर्शन हुने बताइएको छ । सो अवधीभर विभिन्न जातजातीका भेषभुषा, साँस्कृतिक कार्यक्रमका साथै प्रत्येक दिन स्थानिय कलाकारको प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन् ।
फेस्टिवल अवधीभर पाहुनाहरुलाई दमकका जुनसुकै होटलहरुमा २५ प्रतिशत छुटको ब्यवस्था समेत गरिएको बताईएको छ ।